चिनियाँ राजदुत नेपाली पोशाकमा सजिएर नेपाली गीतमै छमछमी नाचेपछि सबै चकित

काठमाडौं, २४ फागुन । नेपालका लागि चिनियाँ राजदुत छन हाउ याङ्गी । हाउ याङ्गी राजदुत भएर नेपाल अाएकाे धेरै भएकाे छैन । तर, तिनै याङ्गी शुक्रबार नेपाली पाेशाकमा सजिएर नेपाली गीतमै छमछमी नाचेर चकित पारेकी छन् ।

चिनियाँ राजदुत याङ्गी १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अायाेजित एक कार्यक्रममा छमछमी नेपाली पाेशाकमा सजिएर मन्चमा नाचेकी हुन् । नेपालस्थित चिनियाँ राजदूतावासले नै काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, विभिन्न राजनीतिक दलका महिला सांसद, नेतृ लगायत संचारकर्मीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । सबैका अगाडि मञ्चमा नेपाली पाेशाकमा चिटिक्क सजिएर राजदुत याङ्गीले समूह नाच पस्केपछि सबै चकित परे ।

कार्यक्रममा केहीसमय पहिले मन्तव्य राख्दा चिनियाँ पोशाकमै देखिएकी राजदूत याङ्गी केहिबेरमै नेपाली पोशाकमा सजिएर मञ्चमा देखिदा कसैले पनि चिनेनन । तर, जब कार्यक्रमका उदघाेषकले सबैलाइ सरपराज छ भन्दै गएर राजदुत याङ्गी नै मञ्चमा नाच्न थालेकाे बताए तब मात्र सबैले उनलाइ चिने । त्यसपछि उनकाे नाचकाे ताल हेरेर रमे ।

राजदुत याङ्गी चिनियाँ गीतमा हाेइन नेपाली गीत ‘चरी जस्तै उड्न पाए गगनको तलतिर, उडि जान्थे धेरै टाढा मायालुको गाँउतिर’ भन्ने नेपाली गीतमा छमछमी नाचिन ।

राजदूत याङ्गीको रोचक नृत्य सहभागी सबैका साँच्चिकै सरप्राईज भएको थियो । उनले नेपाली गीतमा गरेको नृत्य सहभागी सबैले आफ्नो मोबाइलमा कैद गर्न भ्याए । नृत्य सकिएपछि पनि नेपाली पोसाकमा सुन्दर देखिएकी राजदूत याङ्गीसँग फोटो खिच्नेहरुकाे भिडभाड नै भयाे ।

Loading...