काठमाडौंको बसुन्धरामा ठूलो वम विष्फोट, वैदेशिक रोजगार संघका अध्यक्ष गुरुङको गाडी खरानी

काठमाडौं, २४ फागुन । काठमाडाैंकाे बसुन्धरामा ठूलाे वम विष्फाेट भएकाे छ । शुक्रबार साँझ सात बजे वरिपरि ठूलाे आवाजका साथ बम विष्फाेट भएपछि साे क्षेत्रका धेरै घरका झ्लालहरु फुटेक छन ।

विष्फाेट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धराकाे सुन्दर मार्गमा रहेकाे घरमा भएकाे प्रहरीले जनाएकाे छ । घरकाे भुइ तलामा भएकाे विष्फाेटबाट गुरुङकाे गाडी र उनकाे घरकाे चार तला माथिसम्ममै  क्षति पुगेकाे छ । विष्फाेटका बेला गुरुङ आफ्नै घरमा रहेकाे बताएका छन् । उनले ठूलाे आवाज आएकाे सुनेपछि आफूहरु बाहिर हेर्दा तलबाट ठूलाे धुँवा आएकाे जानकारी दिए । वरिपरिका स्थानीयवासीले ठूलाे भुकम्पककाे धक्का जस्तै गरी विष्फाेटकाे असर देखिएकाे बताएका छन् ।

विस्फोटबाट गुरुङकाे घरमा पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । विस्फोटपछि कारमा आगाे लागेर जलेकाे बताइएकाे छ । आगलागी दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियाे । प्रहरीको प्रारम्भिक जानकारी अनुसार घरमा पार्किङ गरेर राखिएको कारमा नै शंकास्पद बस्तु विस्फोट भएको थियो । बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो ।

महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Loading...