विप्लव नेतृत्वको नेकपाद्वारा प्रदेश सांसद नियन्त्रणमा

बझाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेश सभाकी एक सांसदलाइ नियन्त्रणमा लिएकाे छ । नेकपा बझाङले सुदुरपश्चिम प्रदेश सभा सांसद देवकी मल्ललाई नियन्त्रणमा लिएकाे हाे । सात नं प्रदेश साँसद देवकी मल्ललाइ बझाङको बिजगडाबाट नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन । 

नेकपाको भातृसंगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई गिरफ्तार गरिएको निर्मला पन्तको न्याय र सरकारले नेकपाका कार्यकर्ताहरूलाइ गरेको धरकपड लगायतका विषयमा सरकारले देखाएको व्यवहारका विरूद्ध गिरफ्तार गरिएको विराेधमा सांसद मल्ललाइ नियन्त्रणमा लिएकाे नेकपा बझाङले जनाएको छ ।   नेकपा बझाङले मल्ललाइ आजै छोडने जानकारी पनि दिएको छ ।

मल्ल भन्छिन मलाई सरप्राइज दिइयो

नेकपाकाे नियन्त्रणमा पुगेकी सांसद मल्लले भने आफूलाइ सरप्राइज दिइएकाे बताएकी छन । आफू कार्यक्रममा हिडिरहेको बेला सरप्राइज दिएर लगिएकाे उनले बताइन । मल्लले  १५/२० जनाको अपरिचित समूह  आएर छलफल गर्नु छ भनेर नियन्त्रणमा लिएकाे उनले हाम्रा संवाददातासँग कुराकानी गर्दै बताइन । नियन्त्रणमा रहेकै बेला उनकाे माेवाइलमा सम्पर्क गर्दा नेकपाका कार्यकर्ताले उठाएका थिए । तर उनीहरुले केहीबेर सांसद मल्लसँग कुराकानी गर्न दिएका थिए । हाम्रा संवाददातासँग कुराकानी गर्दै मल्लले आफूलाइ के कारणले नियन्त्रणमा लिइएकाे हाे भन्ने थाहा नपाएकाे बताइन । 

Loading...