सर्पलाई तडपाइ तडपाइ मारेर छाला निकाल्ने ठाउँ अनि अचम्मको काइदा

काठमाडौं । सर्पलाई लिएर एक सामान्य कुरा के छ भने, सर्पसँग सबैजना डराउँछन् । मानिसहरुको मृत्यु सर्पको विषबाट कम र यसले टोकेको डरले धेरै हुने गर्दछ । तर अजिंगरको त कुरा नै अर्कै छ, यसले त पूरा का पूरा मानिसलाई नै निल्ने गर्दछ ।

तर यस्तो डरलाग्दो हुँदाहुँदै पनि सर्पहरु आज मानवीय क्रूरताका शिकार भएका छन् । सापजस्तो विषालु जीवमाथिको क्रूरताले सबैलाई हैरान बनाउँछ, तर जुन तस्बिरले यसबारेको सत्यता प्रष्ट पार्छ, त्यसलाई नजरअन्दाज गर्न सकिँदैन ।

इन्डोनेशियाको जंगलमा अजिंगर खुब मारिने गर्छन्, जसको छाला जालीदार हुन्छ । यो हैन कि सर्पलाई एकै झट्कामा मारिन्छ, बरु यिनीहरुलाई बिस्तारै बिस्तारै तड्पाई तड्पाई मारिन्छ ।

पहिला लौरोको हतौडाले अजिंगरको टाउकोमा प्रहार गरिन्छ, जसबाट यो पूर्णरुपमा मर्दैन, केवल होश मात्र गुमाउन पुग्छ । यसपछि मुख खोलिन्छ र घाँटीमा पाइप पसाउन सहज हुन्छ । फेरि यिनको शरीरमा पूरै पानी भरिन्छ र टाउको र पुच्छरमा बाँधिन्छ । यसो गर्दा बेलुन जसरी फुल्छ र छाला खिँच्न सजिलो हुन्छ ।

यसपछि उनीहरुको टाउकोमा हुक फसाइन्छ र केही चिरा पारिन्छ अनि उनीहरुको छाला जीवितै खिँच्ने गरिन्छ । छाला खिँचिसकेपछि सर्पलाई फ्याँकिन्छ तर पनि सर्प जीवित नै हुन्छ ।

यदि कुनै जनावरमाथि क्रूरता हुन्छ भने पनि ऊ चिल्लाएर अथवा कराएर भएपनि आपालविलाप गर्ने गर्दछ तर सर्पको विषयमा भने यो कुरा लागू हुँदैन । एकपटक सोच्नुस् त सर्पले त आवाज पनि निकाल्न सक्दैन । उसको त जिब्रो नै हुँदैन अनि आवाज कसरी निस्कन्छ । ऊ मात्र पीडा सहन्छ । अजिंगरको दिलको धड्कन १२ बिट प्रति मिनेटसम्म रहन्छ, जसको कारण ऊ धेरै समयसम्म जिउँदो रहन्छ । तर कहिलेसम्म…यति पीडा सहेको केही दिनपछि डिहाइड्रेशन र पीडाले मर्न पुग्दछ ।

यो त दुँनियाको सबैभन्दा ठूलो सर्पको साथ हुने क्रूरताको कहानी हो, जसलाई देखेपछि मानिस पनि लज्जित हुन पुग्दछ । अब यसबारे पनि बुझ्न जरुरी छ कि के कारणले सर्पमाथि यस्तो क्रूरतापूर्वक व्यवहार गरिन्छ, त ?

जीवित अजिंगरलाई ४८ घण्टासम्म धेरै पीडा सहनुपर्ने हुन्छ किनकि उसको जीन्दगि आममानिसलाई महत्व हुँदैन । महत्व हुन्छ त उसको छालामा बनेको जालीदार संरचना र डायमण्ड प्याटर्न, जसलाई धेरै प्यारपूर्वक सफा गरिन्छ र घाम अथवा भट्टीमा सुकाउनका लागि झुण्ड्याइन्छ ।

तपाईं सोचुरहनु भएको होला कि जुन छाला पाउन सर्पलाई यतिधेरै यातना दिइन्छ, त्यो त धेरै महंगो मूल्यमा बेचिन्छ भनेर । किनकि असली छालाबाट बनेका चीज राम्रो मूल्यमा बजारमा पाइन्छ । यदि कुने डिजाइनर ब्रान्डसँग जोडिँदा त त्यसलाई किन्ने केवल सपना मात्र देखिन्छ ।

तर तपाईं यो कुरा थाहा पाएर दुःखी हुनुहुन्छ कि सर्पको छाला ३ पाउण्ड प्रतिकिलोको दरले बेचिन्छ । अर्थात् सर्पको छालाको मूल्य सय रुपैयाँ भन्दा पनि कम छ ।

सर्पको छालाको सबैभन्दा महंगो खरिदार भनेका फेशन इन्डस्ट्री हो । फेशनको दुनियाँमा जनावरको छालाबाट बनेको चीज सर्वाधिक रुचाइन्छ र पाइथन स्किनको माग धेरै नै हुने गर्दछ । अजिंगरको छालाबाट ब्याग, बेल्ट, जुत्ता, वालेट, पर्स, क्रेडिट कार्ड होल्डर, बेसवाल क्यापजस्ता कयौं चीज महंगो मूल्यमा बिक्ने गर्दछ ।

सबैलाई चकित पार्ने कुरा त के छ भने हतियार र लागूऔषधपछि जनावरको छालाको व्यापार विश्वमा तेस्रो नम्बरमा पर्दछ । प्रत्येक वर्ष करिब ५ लाख अजिंगरको छाला गैरकानूनी रुपमा दक्षिण पूर्व एशियाबाट यूरोपतर्फ आयात गरिन्छ । त्यहाँ रहेको छालाको कारखानामा बेच्ने गरिन्छ । अनि यहाँबाट स्किन डिजाइनर चीजहरु बनाउनका लागि राम्रो मूल्यमा बेचिन्छ ।

एकसमय यो थियो कि मानिसहरु मारिएका र शिकार गरिएका जनावरको छाला र अवशेष घरमा सजाउने गर्दथे । मात्र पश्चिममा मात्र नभई एशियाका देशमा पनि आफ्नो शक्ति र ताकत देखाउनका लागि पनि जनावरको छाला घरमा सजाएर राखिने गरिन्थ्यो । पहिला शिकार हुन्थ्यो, अब फेशन भएको छ ।

एकातिर मानिसहरु शाकाहारी भिगजिन्मतर्फ बढिरहेका छन् भने अर्काेतिर यस्ता मानिसको पनि कमि छैन, जसलाई जिउनका लागि लग्जरी स्नेक स्किन चाहिएको छ । फेशन मनपराउने मानिसहरु अजिंगर हातमा झुण्ड्याएर हिँड्न मन पराउँदैनन् तर अजिंगरको छाला फेशनको रुपमा प्रयोग गर्न मन पराउँछन् । कुनै पनि जीवको छालाबाट बनेका कपडा लगाउनु र कुनै सामान प्रयोग गर्ने सोच निकै तल्लो स्तरको हो ।

जनावरको हितका लागि काम गर्ने केही मानिसहरुको प्रयासद्वारा प्रायशः पेशन हाउसले असली छालाको प्रयोग बन्द गरेर प्रिन्टको माध्यमबाट काम चलाइरहेका छन्, जसबाट जनावरलाई नोक्सान पुग्दैन तर असली छाला जसले यसको मजबुतीको लागि सधैं मन पराउने गरिन्छ, यो कारोबार त कानूनत चलिनै रहन्छ ।

तर जब हामी सर्पमाथि भइरहेको क्रूरतालाई देखेर पनि नजरअन्दाज गर्न सक्दैनौं । कहिलेकाहिँ हैरान हुन्छ कि मानिसहरु यति असंवेदनशील कसरी हुनसक्छन् ? (एजेन्सी)

Loading...