नौ वटा ग्याँस सिलिन्डर एकसाथ पड्केपछि टोलमा ठूलो त्रास

काठमाडौं, २३ फागुन । काठमाडौंको वसन्तपुर नजिक यट्खा टोलमा आगो लाग्दा ठूलो क्षति भएको छ ।

वसन्तपुरको मख्खन गल्लीमा रहेको यट्खा टोलमा दिउसो १२ बजे आगो लागेको हो । १२ बजे लागेको आगो अपरान्ह ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेन । न्यूरोडमा रहेको महानगरीय प्रहरी वृृत्त जनसेवाका प्रमुख डीएसपी वासुदेव खतिवडाले आगलागी पूर्ण रुपमा नियन्त्रणमा नआए पनि पाँचबजेपछि खतरामुक्त अवस्थामा रहेको जानकारी दिए ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी जुटेका थिए । नियन्त्रणको प्रयास गरिएको भन्दै उनले आफूहरु क्षति कम हुनेगरी आगो नियन्त्रणमा लागेको बताए।

प्रारम्भिक जानकारी अनुसार बिजुली सर्ट भएर घरमा आगो लागेको हुनसक्ने बताइएको छ । आगो लागेपछि घरभित्र रहेका ग्याँस सिलिन्डर पड्केपछि केहीबेर टोलमा त्रास फैलिएको थियो । आगलागीमा ९ वटा भन्दा बढी ग्यास पड्किएको बताइएको छ ।

Loading...