राहत शिक्षकको आन्दोलन फिर्ता, कारण यस्तो

काठमाडौँ, २३ फागुन । काठमाडौ केन्द्रित आन्दोलन गरिरहेका राहत शिक्षकले आन्दोलन फिर्ता लिएका छन । सरकारसँग तीन बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको हो ।

राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको प्रतिनिधि र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिबीच तीन बुँदे सहमति भएपछी आन्दोलन फिर्ता भएको छ ।

विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहित शिक्षकका पेशागत संघ संगठनको सहभागिता रहेको वार्तामा बुधबार तीन बुँदे सहमति भएको शिक्षक नेता शंकर अधिकारीले जानकारी गराए । प्रतिनिधि सभामा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालका सांसदहरुले माध्यामिक शिक्षा परीक्षा सञ्चालन हुनुअघि नै राहत शिक्षकहरुको माग सम्बोधन गरी विद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

राहत अनुदान कोटामा नियुक्त र इसिडीका सहयोगी कार्यकर्तालाई निश्चित मादपण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी तोकेबमोजिम आन्तरिक÷खुल्ला प्रतियोगितात्मक परीक्षामा एक पटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजान आवश्यक प्रबन्ध गर्ने लगायतमा सहमति जुटेको हो ।

सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले आज जारी विज्ञप्तिमा आन्दोलन फिर्ता गरिएको जनाइएको छ । छुट अस्थायी र स्रोत व्यक्ति सट्टा शिक्षक भने उक्त सहमतिमा समावेश छैनन् ।

हेर्नुस विज्ञप्ति

Loading...