नायिका अशिष्मा नकर्मी व्यवसायिक विज्ञापन मोडलका रुपमा अब टेलिभिजनमा देखिने

काठमाडाैं । नेपाली तथा नेपालभाषाका चलचित्रमा स्थापित भएकी नायिका अशिष्मा नकर्मी अब व्यवसायिक विज्ञापनमा पनि देखिने भएकी छन् । 

अशिष्मालाइ अब नेपालका चर्चित ब्रान्डहरुले माेडलका रुपमा प्रस्तुत गर्न थालेका छन् । यसैक्रममा उनलाइ पाटनको मंगलबजार, हखा टोलमा रहेको गाेल्डेन डायमण्ड एण्ड ज्वेलरीले अाफ्नाे ब्राण्ड प्रमाेशनका लागि उनलाइ माेडलका रुपमा प्रस्तुत गरेकाे छ । गोल्डेन डायमण्ड एन्ड ज्वेलरी परम्परागत तथा नयाँ डिजाईनका सुन तथा हिराका गहनाकाे चर्चित सोरुम हाे ।

गोल्डेन डायमण्ड एन्ड ज्वेलरीले विभिन्न डिजाइनका गहनाहरुलाइ टेलिभिजन प्रमोसन गर्नका लागि विज्ञापनमा नायिका नकर्मीलाइ मोडल रुपमा प्रस्तुत गरेको छ । टेलिभिजनको पर्दामा छिट्टै देखिने यस टिभी एडलाइ छायाङ्कन र निर्देशन शैलेस डंगोलले गरेका छन्।

Loading...