कसरी भनुँ के सोच्दैछु म, न ससुराली न साली भएपछि

जे सोच्छ होला नि खेतले आली नभएपछि
त्यही सोच्छ होला किसानले बाली नभएपछि ।

हाम्ले जस्तै सोच्छ होला या अलि केही फरक
साँच्चै के सोच्छ होला रूखले डाली नभएपछि ।

सोच्न त सोच्छ होला नसोच्ने पनि पक्कै मनमनै
कुनै सुन्दर फुलवारीको माली नभएपछि ।

जहिल्यै साँझ भरी हुने त्यो भट्टीको गिलासले पनि
सोच्नु सोच्छ होला है कुनै साँझ खालि भएपछि ।

सबैको हुनैपर्छ, चाहे काली नै किन नहोस सोच्ने म
कसरी भनुँ के सोच्दैछु म ? न ससुराली न साली भएपछि ।

Loading...