६४ जना इन्स्पेक्टर यसरी भए डिएसपीमा बढुवा

काठमाडाैं । नेपाल प्रहरीका ६४ जना प्रहरी निरीक्षक प्रहरी नायव उपरीक्षकमा बढुवा भएका छन् । गृह मन्त्रालय (सचिवस्तर) को २०७५ फागुन १९ गतेको निर्णयबाट प्रहरी इन्स्पेक्टरहरुकाे बढूवा गरिएकाे हाे ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बढुवा भएकालाई प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाे अायाेजना गरी आइतबार दर्ज्यानी चिन्ह (फूली) लगाए । गृह सचिव प्रेमकुमार राईको अध्यक्षताको बढुवा समितीले पहिलो नम्बरमा प्रहरी निरीक्षक हरि खतिवडालाई बढुवा गरेको थियो।

यसैगरी दोस्रो नम्बरमा मञ्जिल मुकारुङ तथा तेस्रो नम्बरमा जागेश्वर भण्डारी बढुवा भएका थिए। त्यस्तै प्रहरी नायब उपरीक्षकमा बढुवाहुने प्रहरी निरीक्षकहरूमा वेदप्रकाश जोशी, दानबहादुर थापा, सुन्दर तिवारी, जयश्वर रिमाल, रञ्जनकुमार दाहाल, सुनिलजंग शाह, राजकुमार थिङ सहित ६४ जना छन्।

उनीहरूमध्ये ६० जनाले फूली लगाएका हुन्। पदोन्नति भएका ३ जना प्रहरी नायव उपरीक्षक संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत र १ जना व्यक्तिगत विदामा नेपाल बाहिर थिए ।

Loading...