रियल मड्रिडलाई उसकै घरेलु मैदानमा हरायो बार्सिलोनाले

काठमाडौं, १९ फागुन । लालिगा अन्तर्गत शनिवार राति भएको खेलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडलाई उसकै मैदानमा पराजित गरेको छ ।

शनिबार रातिको एल क्लासिको भिडन्त धेरैका लागि आकर्षण बनेको थियो । सनसनीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले पछि पार्यो । यससँगै बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो शिर्ष स्थान अझ माथि पारेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाल२६ खेलबाट ६० अंक बनाएको छ भने पराजित रियलको २६ खेलबाट ४८ अंक छ ।

धेरैले रियल म्याड्रिडले आफ्नै घरेलु मैदान भएको हुँदा जित निकाल्न सक्ने ठानेका थिए । तर, रियलले बार्सिलोनालाई पराजित गर्न सकेन ।

खेलको २६औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा खेल रक्षात्मक खेल्दै आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

केही दिनअघि पनि बार्सिलाेनाले काेपा डेल रे मा पनि रियल म्याड्रिडलाइ पराजित गरेकाे थियाे । काेपा डेल रे मा बार्साले रियललाइ ३-० ले पराजित गरेपछि त्यसकाे निकै चर्चा भएकाे थियाे । 

ला लिगा लिगअन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा स्पानियोलले रियल भ्यालडोलिडलाई ३-१ ले, अलभेसले भिलारियललाई २-१ ले र ले अलभेसलाई हुइस्काले सेभियालाई २-१ गोलअन्तरले पराजित गरेका छन् ।

Loading...