नियन्त्रणमा लिइएका भारतीय लडाकु विमानका पाइलटलाई पाकिस्तानले रिहा गर्दै

काठमाडाैं । कब्जामा लिइएका भारतीय वायु सेनाका पाइलटलाइ पाकिस्तानले रिहा गर्ने भएकाे छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार भारतीय पाइलटलाइ रिहा गरेर भारतलाइ सुम्पिदिने घाेेषणा गरेका छन् । प्रम खानले पाकिस्तानी संसदमा बाेल्दै याे घाेषणा गरेका हुन् ।

पाकिस्तानी सेनाले भारतका दुइ वटा लडाकु विमान खसालेर त्यसका एक जना पाइलटलाइ नियन्त्रणमा लिएकाे थियाे । पाकिस्तानले आफ्ना पाइलट नियन्त्रणमा लिएपछि भारतले बुधवार उनकाे सुरक्षाकाे प्रश्न उठाएकाे थियाे । पाकिस्तानकाे कब्जामा परेका पाइलट भारतीय एयर फाेर्सका बिग कमाण्डर अभिनन्दन रहेकाे बताइएकाे छ । आजै मात्र अभिनन्दन पाकिस्तानी सेनाका साथ सुरक्षित रहेकाे भिडियाे आएकाे थियाे । चिया पिउँदै कुराकानी गरेकाे भिडियाेमा उनले आफूलाइ पाकिस्तानी सेनाले राम्राे व्यवहार गरेकाे बताएका थिए ।

पाकिस्तानी संसदलाइ सम्वाेधन गर्दै इमरान खानले आफूले भारतलाइ चिठी समेत लेखेकाे बताए । उनले भारतलाइ चिठी लेखेर दुइ देशका विदेशमन्त्रीबीच बैठक गर्न प्रस्ताव गरेकाे पनि जानकारी गराएका छन् । तर भारतका तर्फबाट अहिलेसम्म कुनै जवाफ नमिलेकाे उनले बताए । भारतले चुनावमा रहेका कारण पनि जवाफ नलेखेकाे हुने पनि खानले संसदमा बताए । भारतले चुनावी एजेण्डाकै लागि याे आक्रमण गरेकाे हुनसक्ने उनले संकेत गरे ।

इमरान खानले भारतले चुनावका वरिपरि केही न केही गर्नसक्ने अनुमान गरेको उल्लेख गर्दै यसलाई चुनावी एजेण्डा बनाउने भएका कारण पनि नियन्त्रित पाइलटलाई रिहा गर्ने बताए । संसदमा बोल्दै उनले पुलवामा भारतको हात रहेको आफूले नभनेको भन्दै तर आक्रमण भएको आधाघन्टाभित्रै भारतले पाकिस्तानमाथि आक्रमण लगाएको उल्लेख गरे । त्यसका लागि जाँच कार्यमा भारतलाई सहयोग गर्न भनेको तर भारतले नमानेको भन्दै उनले पाकिस्तानी भूमिमा अातंकवादी क्रियाकलापलाई अनुमति नदिने बताए ।

सो क्रममा खानले भारतीय मिडियाले केटाकेटी रवैया देखाएको बताए । उनले भारतीय मिडियालाई युद्धको नोक्सान के हुन्छ भन्ने थाहा नभएको भन्दै पाकिस्तानी मिडियाले भने ७० हजार मानिसको मृत्यु आतङ्कका कारण भएको देखेको दावी गरे ।

भारतले बिहानै बिहानै पाकिस्तानमाथि आक्रमण गरेको भए पनि आफूले केही नगरेको बताउँदै खानले पाकिस्तानले जिम्मेवार देशको व्यवहार देखाएको बताए ।

आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गर्ने प्रयास गरेको तर मोदीले कुराकानी गर्न नचाहेको पाक प्रम खानले बताए । उनले यो सबै तनाव कम गर्न चाहेको बताए । उनले भारतलाई यो गरेर के कास्मिर पाउन सकिन्छ ? भनेर प्रश्न गर्न चाहेको पनि उल्लेख गरे ।

उनले भनेका छन्, “म भारतलाई सोध्न चाहन्छु के यो लडाईबाट कश्मिर प्राप्त हुन्छ । पछिल्लो २० वर्षमा कुनै पनि कश्मिरका नेता भारतीय नीति अन्तरगत रहन चाहँदैनन् । उनीहरु स्वतन्त्रता चाहन्छन् । आखिर किन काश्मिरी युवा आफूलई बम बनाउँछन् ? आखिर किन उनीहरुमा मृत्यूको डर समाप्त भएको छ ? भारतमा एउटा बहसको आवश्यकता छ । हरेक समय पाकिस्तानमाथि औंला नउठाउ । म मोदीलाई सन्देश दिन चाहन्छु कि कसैलाई युद्धतर्फ धकेलियोस । भारतलाई भन्न चाहन्छु कि यसर्लाइ यही रोकौं । अगाडि नलगौं । अन्यथा पाकिस्तानले वाध्यतावस जवाफ दिनुपर्ने हुन्छ ।”

काे हुन अभिनन्दन ?

अभिनंदन भारतीय वायुसेनाका विङ कमाण्डर हुन । उनी बुधवार फाइटर विमान मिग २१ लिएर उडेका थिए । तर हवाइ मुठभेडमा पाकिस्तानी एयरफ़ोर्सले उनकाे जहाज खसालेकाे र उनलाइ नियन्त्रणमा लिएकाे बताइएकाे छ ।

पाकिस्तानी सेनाले अभिनन्दन अाफ्नाे साथमा रहेकाे र उनी पूर्ण रुपमा सुरक्षित रहेकाे जनाएकाे छ । एक भिडियाेमा अभिनन्दनकाे अाँखामा पट्टी बाँधिएकाे देखाइएकाे छ । उक्त भिडियाेमा उनले भनिरहेका छन्, ”मेराे नाम विङ कमांडर अभिनंदन हाे । मेराे सर्विस नम्बर २७९८१ हाे । म एक फाइटिङ पाइल६ हु र म हिन्दु हुँ ।

एक अर्काे भिडियाेमा उनी चिया वा कफी पिइरहेकाे देखिएकाे छ । भिडियाेमा उनलाइ कसैले साेधिरहेकाे र उनले त्यसकाे जवाफ दिइरहेकाे देखिन्छ । जसमा उनले अाफूलाइ पाकिस्तानी सेनाले राम्राे ब्यवहार गरेकाे र अाफु भारत गएपछि पनि यही कुरा भन्ने बताइरहेका छन् । उनले उक्त भिडियाेमा अाफू दक्षिण भारतकाे भएकाे र अाफू विवाहित रहेकाे पनि बताएका छन् । अभिनंदनका पिता पनि एयरफाेर्समा थिए । उनका भाइृ अहिले पनि एयरफ़ोर्समै रहेकाे बताइएकाे छ ।

Loading...