पाक नियन्त्रणमा रहेका भारतीय कमाण्डर पाइलटको यस्तो सनसनीपूर्ण बयान (भिडियो)

काठमाडाैं । पाकिस्तानी कब्जामा परेका भारतीय पाइलट विङ कमान्डर अभिनन्दनले आफुलाई पाकिस्तानी सेनाले सोचे भन्दा राम्रो ब्यवहार गरिरहेका बयान दिएका छन । उनले बाहिर अपवाह फैलाएको जस्तो पाकिस्तानी सेनाले नराम्रो नगरेको बताएका हुन ।

बुधवार पाकिस्तानले आजाद काश्मिरबाट नियन्त्रणमा लिएका भारतीय वायु सेनाका पाइलट अभिनन्दनले पाकिस्तानी सेनाका अधिकारीहरुलाई आफ्नो बारेमा बताएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ। भाइरल भिडियोमा उनले भनेका छन म सुरक्षित छु ।

यस्तो छ उनको बयान

मेरो नाम विङ कमान्डर अभिनन्दन हो। मेरो सर्भिस नम्बर २७९८१। म एक फ्लाइङ पाइलट हुँ । बुधवार पाकिस्तानले आजाद काश्मिरबाट नियन्त्रणमा लिएका भारतीय वायु सेनाका पाइलट अभिनन्दनले पाकिस्तानी सेनाका अधिकारीहरुलाई आफ्नो बारेमा बताएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ।

चिया पिउँदै पाकिस्तानी अधिकारीहरुको प्रश्नको जवाफ दिँदै गर्दा उनले पाकिस्तानी सेनाले आफ्नो राम्रो हेरचाह गरेको बताएका छन्। पाकिस्तानी सेनाका अधिकारीहरुलाई जेनटलम्यान भन्दै उनले यो अडान भारत फर्केपछि समेत नछोड्ने बताएका छन्।

उनलाई पाकिस्तानी अधिकारीहरुले के मिसनका साथ पाकिस्तान आएको भन्ने प्रश्न गर्दा उनी भन्छन् ुसरी सर, त्यसको विवरण दिन म सक्दिनँ। बुधवार पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तानी भूमि प्रवेश गरेको दुई भारतीय विमानलाई खसालेको बताएको थियो।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल असिफ घफुरले ट्वीट गर्दै एउटा विमान आजाद जम्मू काश्मिरमा र अर्को विमान भारत नियन्त्रित जम्मू काश्मिरमा खसेको जानकारी दिएका छन्। उनले एक जना भारतीय पाइलटलाई नियन्त्रणमा लिएको समेत बताएका थिए।

भारतले हवाई क्षेत्र उल्लंघन गरी भारतीय भूमि प्रवेश गर्न खोजेको एक विमानलाई खसालेको दाबी गरेको थियो। भारतीय संचार माध्यमहरुले तीन पाकिस्तानी विमानहरुलाई भगाउन सफल भएको बताएका थिए।

पहिला भारतले पाकिस्तानी सेनाले आफ्नो विमान खसालेको दावीको खण्डन गरेको थियो। भारत नियन्त्रित कश्मिरमा खसेको विमान प्रविधिक त्रुटिका कारण भएको भनेको थियो। बेलुकीसम्म आइपुग्दा भारतले आफ्नो एक विमान र पाइलट हराइरहेको बताएको थियो। पाकिस्तानमा पाइलट अभिनन्दनलाई नियन्त्रणमा लिइएको भिडियो सार्वजनिक भएपछि भारतले विवश भएर आफ्नो विमानहरु पाकिस्तानले खसालेको र पाइलट पाकिस्तानको नियन्त्रणमा रहेको स्वीकार गरेको थियो। यस सम्बन्धमा भारतले पाकिस्तानका उच्च आयुक्तसँग समेत प्रश्न गरेको थियो।

पाइलट अभिनन्दन पाकिस्तानमा रहेको पुष्टि भएपछि भारतभर उनलाई फर्काउन माग भएको छ। विपक्षी दलहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले निर्वाचनको बेला घटनालाई राजनीतिकरण गर्न खोजेको आरोप लगाएको छ।

अभिनन्दन चिया पिउँदै गरेको भिडियो सार्वजनिक हुनुभन्दा अघि उनको विमान खसेको स्थानको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा खोला नजिकै भेटिएका उनलाई केही व्यक्तिहरुले तानेर, कुटेको देखिन्छ। अभिनन्दनको अनुहारबाट रगत बगेको प्रस्ट देखिन्थ्यो। पछि पाकिस्तानी सेनाले उनलाई नियन्त्रणमा लिएको थियो।

भारतीय मिडिया र सामाजिक संजालमा अभिनन्दनमाथि प्रहार भएको घटना बाहिरिएपछि पाकिस्तानको विरोध भएको थियो। तर पाकिस्तानी सेनाले भने अभिनन्दनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा नलिएको भए स्थानीयहरुले उनफसँग जे पनि गर्न सक्ने उत्तर दिएको थियो।

नियन्त्रणमा लिएका अभिनन्दनलाई पाकिस्तान लैजाने क्रममा आजाद काश्मिरका स्थानीयहरुले फूलले स्वागत गरेका भिडियो समेत सार्वजनिक भएको थियो। भारतको दक्षिणी शहर चेन्नइका अभिनन्दन १६ वर्षदेखि वायु सेनामा फाइटर पाइलटका रुपमा कार्यरत छन्। भारत सरकारले तत्काल अभिनन्दनलाई रिहा गर्न पाकिस्तान समक्ष माग गरेको छ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल असिफ घफूरले विङ कमान्डर अभिनन्दन पाकिस्तानी नियन्त्रणमा सुरक्षित रहेको र सैन्य नियम अनुसार उनलाई व्यवहार गरिएको बताएको छ। पछिल्लो घटना क्रमका बारेमा भारतका रक्षामन्त्री निर्मला सितारमन अहिले भारतीय सेना अध्यक्षहरुसँग छलफलमा रहेको बताइएको छ।

मंगलवार भारतले फेब्रुअरी २४ मा पुलवामामा भएको आक्रमणको बदला स्वरुप पाकिस्तानमा जैश ए मोहम्मदको शिविर रहेको स्थानमा बम आक्रमण गरेको दाबी गरेको थियो। पाकिस्तानले भने भारतले लाइन अफ कन्ट्रोल पार गरेको र आफ्नो वाषु सेनाले भारतीय विमानलाई भगाउन सफल भएको बताएको थियो। भारतको सर्जिकल स्ट्राइकपछि पाकिस्तानले भारतलाई ुसप्राइज जवाफु दिने बताइएको थियो।

हेर्नुस भिडियो सहित

Loading...