पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु

काठमाडौं, १५ फागुन । पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको छ । आज पूर्वी नेपालको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको हो ।

प्रहरीले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ५ जनाको शव भेटिएको पुष्टि गरेको छ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेका फर्केका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर मैयुम गाविसको खप्टेढुंगामा दुर्घटनामा परेको हो । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले पाँच जनाको शव भेटिएको बताएका छन् ।

काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...