पाकिस्तानले खसाल्याे भारतका दुई अत्याधुनिक लडाकु विमान

पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ ।

पाकिस्तान शासित कश्मिर क्षेत्रमा भारतीय वायु सेनाका दुई वटा जेट विमान प्रवेश गरेसँगै गरिएको जवाफी कारबाहीमा ती विमान धवस्त भएको पाकिस्तानले जनाएको छ । सो घटनापछि एक जना भारतीय पाइलटलाई नियन्त्रणमा लिइएको पाकिस्तानको दाबी छ ।

पाकिस्तान सेनाका प्रवक्ता मेजर जेनरल असिफ गफुरले एउटा विमान पाकिस्तानी क्षेत्रमा खसेको र अर्को भारतीय भूमिमा नै खसेको जनाएका छन्।

भारततर्फ विमान दुर्घटनाग्रस्त भएकोस्थानबाट दुई जनाको शव बरामद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मंगलबार मात्रै भारतले पाकिस्तानी भू-भागमा आतंकवादीहरुले शरण लिएको स्थानमा आक्रमण गरी तीन सयजना भन्दा बढी आतंकवादी मारेको दाबी गरेको थियो। काश्मिरको पुलुवामा भएको आत्मघाती आक्रमणमा ४६ जना सीआरीपी जवानको मृत्यु भएसँगै भारत र पाकिस्तानबीचको सम्बन्धनमा पुनः चिसोपना आएको हो।

Loading...