क्यामरुनको क्लब डफिन्सले नेपाल प्रहरीलाई पराजित गरी सेमिफाइनलमा

कास्की । क्यामरुनको डफिन्स एफसीले नेपाल पुलिस क्लबमाथि सङ्घर्षपूर्ण जीत निकाल्दै पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

आजको अन्तिम क्वार्टरफाइनल खेलमा भिड्दा डफिन्सले पुलिसमाथि २–१ को जीत निकाल्यो । पहिलो हाफको ३७ मिनेटमा डफिन्सका वियिक एन्ड्रेले गोल गर्दै स्तब्ध पारे । खेलमा फर्कन पुलिसले अन्तिमसम्म कठिन सङ्घर्ष गर्नुप¥यो । निर्धारित समयमा थप गरिएको चार मिनेटको इञ्जुरी समयको अन्तिम मिनेटमा पुलिसका सुमन सुवेदीले गोल गर्दै पुलिसलाई खेलमा फर्काए ।

खेल एक÷एकको बराबरी भएपछि थप गरिएको २० मिनेटको अतिरिक्त समयको पाँचौँ मिनेटमा एन्डेम्बा योनाको गोलबाट पुनः डफिन्सले अग्रता लियो । बराबरीका लागि अन्तिमसम्म प्रयास गरेको पुलिस क्लबले प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिन बाध्य भयो ।

अतिरिक्त समयको अन्तिम मिनेटमा विपक्षी खेलाडीलाई दुव्र्यवहार गरेका पुलिसका हरि कठायत रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पुलिस १० खेलाडीमा सीमित भएको थियो ।

खेलमा डफिन्सका वियिक एन्ड्रे ‘म्यान अफ दी म्याच’ बन्न सफल भए । उनले नगद रु पाँच हजार तथा ट्रफी हात पारे । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार थ्री स्टार र सशस्त्र प्रहरीको एपिएफ क्बलका बीचमा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

Loading...