मोदीले देशलाई झुक्न नदिने भनेपछि ‘देखाइदिने’ पाकिस्तानी चेतावनी

भारतीय वायुसेनाको लड़ाकू विमानले पाकिस्तानी क्षेत्रमा मंगलवार आक्रमण गरेपछि भारतीय प्रधानमंत्री नरेंद्र मोदीले देशलाई झुक्न नदिने बताएका छन ।

मंगलवार राजस्थानको चुरूमा एक जनसभालाई संबोधन गर्दै उनले भने,”देशवासिलाई यो विश्वास दिलाउछु कि देश सुरक्षित छ । म माटोको कसम खाएर भन्छु,म देश मिट्ना दिनेछैन, देश झुक्न दिनेछैन ।

१२ दिन अघि कस्मिरको पुलवामा भएको आक्रमणमा पाकिस्तानको हात रहेको भारतले आरोप लगाउदै आएको थियो । त्यसकै बदलामा यो आक्रमण भएको भनिएको छ । पाकिस्तानको बालाकोटमा पसेर लड़ाकू विमानले आतंकबादी संगठन जैश-ए-मोहम्मदको इलाका नष्ट गरेको र उसका सयौ लडाकु मारेको भारतीय विदेश सचिव गोखलेले दावी गरेका छन ।

वायु सेनाको ठुलो विमान मिराज-२००० को एक दर्जन विमानले विहान साढे तीन बजे तिर पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको बताइएको छ । पाकिस्तानको कब्जावाला कश्मीरको बालाकोटमा करीब २० मिनट सम्म आक्रमण भएको थियो । १०००किलोग्रामको बमबाट भीषण बमबारी हुदा २०० भन्दा बढीको ज्यान गएको भारतीय पक्षको दावी छ ।

पाकिस्तानको राजधानी इस्लामाबादको करीव १९५ किमीमा रहेको बालाकोटको आक्रमण भारतीय विमान मिशन पूरा गरेर फर्केपछि मात्र पाकिस्तानले पत्तो पाएको भारतीय बायु सेनाले जिकिर गरेको छ ।

पाकिस्तानी सेनाका डीजी आईएसपीआर आसिफ गफूरले भने भारतीय वायुसेनाको बिमान एलओसी पार गरेर पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) मा आएको पुष्टि गरेपनि पाकिस्तानी सेनाको मुंहतोड़ जवाबपछि बाध्य भएर फर्किएको बताएका छन । पाकिस्तानको प्रमुख सुरक्षा समितिले’गैरजरूरी आक्रामकता’ देखाएको भन्दै त्यसको जवाफ समय आएपछि दिने दावी गरेको छ भने प्रधनमंत्री इमरान खानले तयारी अवस्थामा रहन सैन्यबललाई निर्देशन समेत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन ।

Loading...