प्रम ओलीले भने, नाटक गरेर वर्तमान र भविष्य देखाउन सकिन्छ

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नाटक विधा समाज परिवर्तनको एउटा महत्वपूर्ण क्षेत्र भएको भएकाले यसले समाजको वर्तमान र भविष्य देखाउने बताएका छन् । 

अन्तर्राष्ट्रिय नाटक महोत्सवको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “नाटक विधा समाजको ऐना पनि हो । टर्च लाइट पनि हो । ऐनाले वर्तमान र टर्च लाइटले भविष्य देखाउँछ ।”

सरकारले नाट्य क्षेत्रको प्रवद्र्धनका लागि सकारात्मक भएको जनाउँदै उनले नेपालमा नाटकको सम्भावना धेरै देखिएको उल्लेख गर्दै यसका लागि सरकारले पूर्णरूपमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, “नेपालमा नाटकको भविष्य राम्रो छ । चाहे नाटक लेखनी क्षेत्रमा होस् वा अभिनय गर्नेको क्षेत्रमा वा दर्शकको क्षेत्रमा पनि यसको भविष्य राम्रो छ ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीसहित १२ स्रष्टालाई सम्मानका साथै जोशीले लेखेको ‘सुनकेसरी’ पुस्तकको विमोचन गरेका थिए ।

Loading...