करोडौ मानिसले पढेका जीवनमा असाध्यै मनछुने यी लाइनहरु

१. यदि तपाई कसैलाई खुसी राख्न सक्नुहुन्न भने यस्तो पनि नबन्नु होस् कि तपाईको कारणले अरु कसैको दिलमा चोट पुगोस्।

२. सक्छौ भने माया गर, सक्दैनौं प्रेम नगर, तर बाध्यताको नाममा धोका नदेउ किनकि उसको पनि कमल हृदय छ !

३. एउटा गल्तिले सम्बन्ध टुट्ने कारण बन्छ, तर एउटै राम्रो कामले सम्बन्ध जोड्ने बाटो कहिल्यै बन्दैन!

४. सायद जिन्दगी पनि एउटा सुन्दर फुल जस्तै हो र त मन पराउने धेरै हुन्छन् अनि स्याहार गर्ने कम।

५. घाउहरू त गहना हुन् जिन्दगीका। जहाँनेर दुख्छ, त्यहीँ त महसुस हुन्छ जिन्दगी । अन्यथा हामी त छाँया हौं, जसको कुनै अनुहार हुँदैन।

६. बुढेसकालमा तपाईंलाई खान पिन तपाईंको सन्तानले होईन, बरु तपाइले कुन संस्कार दिनु भएको छ, त्यसले दिन्छ ।

७. इज्जत कुनै ब्यक्तिको होईन उसको आवस्यकताको हुन्छ, आवस्यकता सकियो त इज्जत पनि सकियो ।

८. वास्तवमा मान्छेले गल्ती गरेर दुनियाँबाट बच्नु चाहन्छ तर बिचारा उसलाई यो नै थाहा छैन, कि सजाय दुनियाँले होईन समयले दिन्छ ।

९. कुनै पनि मान्छेलाई आवश्यक भन्दा बढी महत्त्व नदेउ, आवस्यकता भन्दा बढी महत्त्व दिएको सम्बन्ध एक दिन अवश्य टुट्ने छ ।

१०. सबैभन्दा ठूलो नाटककार त आमा बाबा नै हो, जसले हरेक दुखलाई भुलेर सन्तानको सामु आउँदा मुस्कुराउँदै बस्नुहुन्छ ।

११. साँचो प्रेम हुन्छ भनेर म त्यो दिन मान्ने छु जुन दिन बाघले मृगको शिकार गर्न छोडेर मृगसँग प्रेम हुन्छ ।

१२. साच्चिकै आजभोलि मित्रता एक हजारको नोट जस्तै भएको छ, विचार गर्नु होस् है कतै नक्कली त छैन ।

१३. मायाको दुनियाँमा कायल छन् सबै जना कसैले भन्छन् त कसैले लुकाउँछन् तर घायल छन् सबै जना ।

१४. हरेक मान्छे बिक्छ यहाँ, कति सस्तो कति महङ्गो यो उसको बाध्यताले तय गर्छ ।

१५. संसार दु:खले भरिएको छ, यी दु:खको मुख्य कारण हाम्रा इच्छाहरु हुन, हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दु:खलाई नाश गर्न सकिन्छ ।

१६. जिन्दगीमा यस्तो मान्छेमाथि कहिल्यै अन्याय नगर्नुहोस्, जोसँग गुहार्नुको लागि भगवान बाहेक अरु कोही छैन।

१७. जीवनमा साथि उसलाई बनाउने गर्नुस् जसले तपाईँको दु:खहरुलाई अलि कति भए पनि बुझिदिनु सकोस् ।

१८. मानिस जतिसुकै नै सुन्दर किन नहोस् तर कदर मानिसको गुण स्वभावको नै हुन्छ ।

१९. दु:ख र पीडामा साथ दिने साथी प्राणभन्दा प्यारो हुन्छ, जून बेला दुख परेको छ त्यो बेला साथ छोड्छ त्यो एक नम्बरको स्वार्थी हुन्छ ।

२०. आजभोलि मिठास खानासँग नडराउनु होस्, तर मिठास बोलिसँग पक्का डराउनु होस् किनकि त्यहाँ डरलाग्दो स्वार्थ लुकेको छ ।

२१. साथीको नाता त्यो होइन जुन दुनियाँलाई देखाइन्छ साथीको नाता त्यो हो, जुन मनदेखि निभाइन्छ ।

२२. घमण्डले मान्छेलाई केही समयसम्म ठूलो त बनाउला तर महान भने कहिल्यै पनि बनाउन सक्दैन ।

२३. दुनियाँमा कोही कसैको आफ्नो हुँदैन, मान्छेहरु मलामी जान्छन्, त केबल हाजिरी जनाउन, दु:ख सम्झेर होइन ।

२४. बुद्धि नहुनेहरु बल देखाउछन भने, बुद्धि हुनेहरु दिमाग लगाउँछ्न ।

२५. संसारको समस्या यहीँ हो, मान्छेले समाज बदल्ने कुरा गर्छ ठूलो आवाजमा, तर आफू चाहिँ जस्ताको जस्तै ।

२६. जिन्दगीलाई यति धेरै सस्तो पनि कहिल्यै नबनाउनुहोस् किनकि कुनै पनि घटिया, अन्जान मान्छेले बाटोमा खेल सम्झी खेलेर जाओस् ।

२७. मान्छेको तागत र सत्ती हेरेर होइन उसको बुद्धि र विचार हेरेर काम गर्नुहोस् ।

२८. केही गर्ने सोच राख्ने मान्छेलाई यो संसारमा केही पनि असम्भव छैन ।

Loading...