गजल: दूध माथि लाग्ने मिठो तर हुनु है मै साप

एउटा सानो सुन्दर; घर हुनु है मै साप  
घर छेउ पिपलसँगै; वर हुनु है मै साप १

भरखर भरखर विश्वासको जग हाल्दैछु म
छानो बन्न पिरतिको; खर हुनु है मै साप १

सुन्दर त्यो नाम कति सुन्दर हुन्थ्यो होला झनै 
तिम्रो नामको पछि मेरो; थर हुनु है मै साप १

भनेँ भने कतै मैले के गर्सिन्छ मै साप रु
तिमी बधु अनि म; बर हुनु है मै साप १

दूध भन्दा नि कुराउनी झन् मिठो हुन्छ अरे १
त्यही दूध माथि लाग्ने मिठो; तर हुनु है मै साप १

Loading...