३० देशका ६० ठूलासाना चलचित्र प्रदर्शन गर्दै दाश्रो अन्तराष्ट्रिय चलचित्र महोत्सव

      

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा दाश्रो अन्तराष्ट्रिय चलचित्र महोत्सव विहिवार बात सुरु भएको छ ।

उद्घाटनपछि वरिष्ठ सिने पत्रकार विजयरत्न तुलधारले स्वागत मन्तव्य दिदै औपचारिक सुरु भएको बताए ।

महोत्सवले नेपालको कला, संस्कृति, सभ्यता, परम्परा र भूगोललाई विश्वसामु चिनाउन सफल हुनेमा जोड दिए । नेकपाका अध्यक्ष प्रचण्डले विश्वलाई चिनाउने सफल चलचित्र क्षेत्रमा राज्यको लगानी बढाउन आवश्यक रहेको बताए । बरिष्ठ अन्तर्राष्ट्रिय चलचित्र निर्देसक एरिक भ्याली लगाएत ठुलो संख्यामा नेपाली सिनेकलाकार , निर्माता ,निर्देशकको कार्येक्रममा सहभागी थिए । 

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नीर शाह, सुनिल थापा लगायतले महोत्सवले स्वदेश तथा विदेशका कला संस्कृतिबारे जानकारी गराएका थिए ।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवमा ३० देशका ६० ठूलासाना चलचित्र प्रदर्शन गरिने जानकारी दिदै यस महोत्सवका लागि विभिन्न ६०० चलचित्रबाट उत्कृष्ट चलचित्रलाई प्रदर्शन गर्न थालिएको बताए ।

महोत्सव चार दिनसम्म राष्ट्रियसभा गृहमा सञ्चालन हुने छ । महोत्सवमा बङ्गलादेश, चीन, भारत, अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, फिलिपिन्स लगायतका कला, संस्कृतिसँग जोडिएका चलचित्र प्रदर्शन गरिने छ ।

Loading...