मातृभाषा दिवसमा बहुभाषिक कवि गोष्ठी

फिदिम । बीसौँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा पाँचथरमा बहुभाषिक कवि गोष्ठी आयोजना गरिएको छ ।

लिम्बू विद्यार्थी मञ्चलगायत संस्थाको आयोजनामा सञ्चालित गोष्ठीमा कविले नेपाली, लिम्बू तथा शेर्पा भाषामा आआफ्ना रचना वाचन गरेका थिए । कवि प्रेम ओझा, दीलेन्द्र कुरुम्बाङ, मधुराज केरुङ, निशा लोवा, दोलाक्पा शेर्पा, सागर केरुङ लगायतले मातृभाषामा कविता वाचन गरे ।

नेपाल आदिवासी जनजाति महासङ्घ पाँचथरका अध्यक्ष रिञ्जी शेर्पाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइँदा भाषा र साहित्यको संरक्षण ओझेलमा परेको बताए ।

किरात याक्थुङ चुम्लुङका प्रदेश समिति मुख्यसचिव मधुराज केरुङले पाँचथरले मातृभाषा तथा साहित्यको विकासलाई स्तरीकरण गर्ने स्थितिमा पु¥याउँदा अन्य जिल्ला धेरैपछि परेकोतर्फ सचेत हुन आग्रह गरे ।

Loading...