बङ्गलादेशमा भीषण आगलागीका शृङ्खला

ढाका । बङ्गलादेशमा भएका भीषण आगलागीका घटनाहरूको शृङ्खलाअन्तर्गत राजधानी ढाकामा बुधबार राति पनि अर्को आगलागीको घटना भएको छ । सो आगलागीमा परी कम्तीमा पनि ७० जनाको ज्यान गएको छ ।

बङ्गलादेशमा आगलागी, भवनहरू भत्किने जस्ता घटनाहरू बेलाबेलामा भइरहेको पाइन्छ । यसअघि सन् २०१३ को अप्रिलमा ढाकाको राना प्लाजाको नौतले भवनमा भएको आगलगीमा परी एक हजार १३० जनाको मृत्यु भएको थियो ।

कारखानामा भएको सो घटना भयानक आगलागीको घटनाकोरूपमा रहेको छ । यस आगलागीमा परी करिब २ हजार व्यक्ति घाइते भएका थिए ।

सन् २०१६ मा बङ्गलादेशको एक अदालतले राना प्लाजाका संस्थापकसहित ३८ व्यक्तिलाई हत्याको आरोप लगाएको थियो ।

यसैगरी सन् २०१० को जुनमा भएको भीषण आगलागीमा परी कम्तीमा ११७ व्यक्तिको मृत्यु भएको थियो । सो आगलागी ढाकाको बाक्लो जनघनत्व रहेको इलाकामा भएको थियो ।

बिहीबार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन् । उनीहरूलाई अस्पताल पु¥याइएको र तीमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको ढाका प्रहरीले जानकारी दिएको छ ।

ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्यासको सिलिण्डर विस्फोट भएको थियो । त्यो विस्फोटबाट निस्किएको आगोले सबैभन्दा पहिला पाँच तल्ले भवन जलेको बताइएको छ ।

राजधानी ढाकाको पुरानो बस्तीतिरको क्षेत्र भएकाले घरहरू जोडिएर रहेका र जसका कारण एकपछि अर्काे घरमा आगो फैलिएको थियो ।

यसरी फैलिएको आगोका कारण यहाँका कैयौँ घरमा क्षति भएको हो । कैयौँ घरमा आगो सल्किएको र जनधनको ठूलो क्षति हुन पुगेको प्रहरीले जानकारी दिएको छ ।

ढाकाको आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनले सो जानकारी दिएका छन् । उनका अनुसार एक घरमा सिलिण्डर पड्किएर भएको आगलागीले उक्त घरसँगै रहेको अर्काे घरलाई पनि छोएको र उक्त घरमा रासायनिक पदार्थहरू राख्ने गरिएको एक गोदाम रहेकोले आगो झन् बढेको जानकारी दिए ।

उनले भने बुधबार राति करिब १० बजेतरि उक्त आगलागी शुरु भएको थियो । आगो नियन्त्रणमा लिन निकै धेरै समय लागेको थियो । आगो नियन्त्रणमा लिन मध्यरातिसम्म लागेको र जसका कारण ठूलो जनधनको क्षति हुन पुगेको थियो ।

उनले आगो नियन्त्रणका लागि कम्तीमा पनि ३७ वटा दमकलको प्रयोग गरिएको जानकारी दिएका छन् । आगोको मुस्लो बढ्दै जाँदा अर्काे घरमा सल्किन पुगेको थियो ।

सो आगलागनी नियन्त्रणका लागि ३७ वटा अग्नि नियन्त्रक र ठूलो संख्याका कर्मचारीले निकै प्रयत्न गरेपछि बिहीबार बिहानीपख ३ बजेमात्र आगो नियन्त्रणमा आएको उनले बताए ।

अग्नि नियन्त्रकहरूले अहिले पनि विभिन्न घर र तिनका भग्नावशेषमा लागेको आगो निभाउने प्रयास जारी राखेका बताइएको छ ।

ढाका प्रहरीले यहाँको उद्धारको कार्य अझै सम्पन्न भई नसकेको जनाएको छ । उद्धारको कार्य जारी नै रहेको, कति जनाको ज्यान गएको हो भन्ने बारेमा पनि यकिन हुन बाँकी रहेको बताइएको छ ।

हाल ६९ जनाको शव भेटिएको तर जलेर अस्पतालमा उपचार गराइरहेका नागरिकको सङ्ख्या धेरै रहेकोले मृतकको सङ्ख्या निकै बढ्न सकने बताइएको छ ।

Loading...