लुट् कान्छा लुट जो छ

भो छाडिदेउ गाउन अब हे पशुपति ।
जति गरे नि सप्रिदैन हाम्रा नेताको मति ।

बलि चढे बरू पुर्खा तर अहँ झुक्दै नझुकि
बनेको छ ईतिहास हाम्रो रगतले लतिपती ।

त्यही रगतमा होली खेल्दै पन्चे मण्डले सबैले
लुट्न थालेको यो देश कति भो कति ।

अरे लुट्नुको पनि त सिमा हुन्छ महाशय
छाती फुलाउँदै खुल्लै लौन अति भो अति ।

मैले बुझिन या बुझ्नेले बुझेनन् खै किन हो ?
हौस्याउँदै छन् शर्मा लुट्न कान्छालाई सकेजति ।

Loading...