तिब्बतको वैदेशिक व्यापार स्थिर

काठमाडौं । चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बत क्षेत्रको सन् २०१८ मा वैदेशिक व्यापार स्थिर रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

गत वर्ष तिब्बतको आयात तथा निर्यातको कूल परिमाण ७० करोड १० लाख अमेरिकी डलर रहेको छ ।

यसैबीच सीमानाका बासिन्दासँगको व्यापारमा भने अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा १६९.३ प्रतिशतले वृद्धि भई जम्मा १० करोड युआन बढी कारोबार भएको तथ्याङ्कमा उल्लेख छ ।

तिब्बतको वैदेशिक ब्यापारको ५२.६ प्रतिशत हिस्सा नेपालसँगको व्यापारबाट भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले वृद्धि हो ।

“तिब्बतले सीमा व्यापारलाई प्रोत्साहन गर्न बेल्ट एण्ड रोड कार्यक्रममा विशेष सक्रियता दिएको र यसबाट वैदेशिक व्यापार विकासमा मजबुत गति लिएको छ,” ल्हासा भन्सारका प्रमुख लिउ डालीले बताए ।

तिब्बतको व्यापारलाई स्थिर राख्न दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियासँग स्थानीय अधिकारीहरूले बढाएको आर्थिक समन्वयले पनि विशेष योगदान पु¥याएको छ ।

गत वर्ष तिब्बतमा छ करोड अमेरिकी डलर वैदेशिक लगानीका विभिन्न २६ नयाँ उद्योग स्थापना गरिएको थियो ।

Loading...