बबरमहल टेलिकमको साततलामाथि रहेको टावरबाट खसेर एक कर्मचारीको मृत्यु

काठमाडौं, ५ फागुन । नेपाल टेलिकमको बबरमहलस्थित सात तले विल्डिङको छतबाट खसेर एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुने हुवाई कम्पनीमा कार्यरत वसन्तलाल राठौर रहेको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमको बबहरमहल कार्यालयले दिएको जानकारी अनुसार राठौर आज दिउसो नेपाल टेलिकमको छतमा रहेको टावरमा फोरजी सर्भिस हेर्नका लागि उक्लेका थिए । सात तले विल्डिङको छतमा रहेको टावरमा चढेका उनी केहीबेरमै लडेर भुई जमिनमै पुगेको बताइएको छ । साततलामाथिको टावरबाट भुईमा खसेका राठौरलाई तत्काल उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल पु¥याइएको थियो । तर, अस्पतालको गेटमै पुगेपछि उनको मृत्यु भएको बताइएको छ ।

३३ वर्षीय राठौर केही महिना अगाडि मात्र हुवाई कम्पनीमा करारमा नियुक्त भएको बताइएको छ । हुवाई कम्पनीले नेपाल टेलिकमका लागि आवश्यक जनशक्ति र सेवा पु¥याउँदै आएको छ । सोही क्रममा टेलिकमको टावरमा काम गर्नका लागि चढेका उनी सुरक्षाका लागि लगाइने हेल्मेट र अरु साधन नलगाउँदै उनी खसेको बताइएको छ ।

यसैबीच नेपाल प्रहरीले उनको मृत्यु भएको खबर आएको र यसका बारेमा छानविन भइरहेको जनाएको छ । काठमाडौं प्रहरी प्रमुख बसन्त लामाले राठौरको मृत्यु भएको जानकारी आएको बताउँदै उक्त घटनाको छानबिन भइरहेको बताए।

Loading...