सापट लिएको पैसा लिन बोलाएर महिलामाथि बलात्कार गर्ने प्रहरीका सई पक्राउ

मुगु । जनतालाई सुरक्षा प्रदान गर्ने प्रहरीबाटै समाजमा असुरक्षा उत्पन्न भएका घटना बेलाबेलामा घट्ने गरेका छन् । यस्तै घटना मुगुमा घटेको छ । मुगुमा नेपाल प्रहरीका एक सईले महिलामाथि बलत्कार गरेको खुलेको छ ।

महिलालाई बलात्कार गरेको आरोपमा नेपाल प प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया एक दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित सइले बलात्कार गरेको आरोप लागेको छ । मुगुको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीले यस्तो कुकार्य गरेका हुन् ।

सई सुर्यबहादुरले छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी ती महिलालाई केही दिनअघि सापटी लिएको पैसा लिन आउ भनी बोलाएको र शुक्रबार साँझ लिन जाँदा साढे ६ बजेतिर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।उनको स्थायी घर हुम्लाको चंखेली गाउँपालिकाको दार्मा गाउँ रहेको बताइएको छ ।

पीडितका श्रीमानका अनुसार आफू काम विशेषले घर बाहिर गएको र साँझ घरमा श्रीमती नदेखेपछि सोध्दा सालीले कसैले पैसा लिन बोलाएकोले त्यतैतिर गएको बताएकी थिइन् । तर लामोसमयसम्म पनि नआएपछि खोज्दै जाँदा चैन गाउँ जाने भीर बाटोमा आफूले श्रीमती भेटेको उनले बताए ।

Loading...