रवि लामिछानेका दाई हरिशरणले खोले रविका खास कुरा

काठमाडौं । रवि लामिछाने अहिलेका चर्चित पत्रकार हुन । उनले पछिल्लो समय विदेशमा रहेका युवाहरुमाझ जुन लोकप्रियता हासिल गरेका छन्, त्यसप्रति धेरै जना चकित छन् । न्यूज २४ टेलिभिजनबाट सिधा कुरा जनतासँग कार्यक्रम चलाउने रविप्रति सामाजिक सञ्जालमा सक्रिय ठूलो जमातको आशा छ । रवि धेरैका आइडल जस्तै बनेका छन् ।

रविका कतिपय व्यक्तिगत कुरा उठाइए भने सामाजिक सञ्जालमा उनका समर्थकहरु अरिंगाल नै बनेर आइपुग्ने पनि गरेका छन् । रविका विरुद्ध बोल्नेमाथि पनि उनीहरु यसैगरी जाइलाग्ने गरेका छन् ।

यसैबीच रविका आफ्नै दाईले उनका बारेमा केही कुरा बोलेका छन् । उनका दाइ हुन हरिशरण लामिछाने । दाई हरिशरणले आफ्नो भाइ रवि आफूबाटै प्रेरणा पाएर मिडियामा लागेको बताएका छन् । दाई हरिशरण पनि मिडियाकर्मी नै हुन् । उनले आफू अहिले सरकारी सञ्चारमाध्यममा भएकोले रविकै जस्तो कन्टेन्ट उठान गर्न नसके पनि कुनै दिन निजी सञ्चारमाध्यममा काम गरे त्यसैगरी काम गर्न पर्ने हुनसक्ने बताएका छन् । उनी ३० वर्षदेखि रेडियो नेपालमा कार्यरत छन् ।

कुराकानीका क्रममा दाई हरिशरणले भाइ रवि सानैदेखि मेहनती भएको बताए । तीन भाइमध्ये कान्छा रविको आफू अभिभावक पनि भएको दाई हरिशरणले बताए । साथै उनले रविको बिवाह उनको व्यक्तिगत स्वतन्त्रता भएको भन्दै त्यसबारे नबोल्ने पनि बताए ।

हरिशरणसँगको भिडियो कुराकानी हेर्नुहोस्

Loading...