महिला पत्रकारमाथी सिडियोकाे दुर्व्यबहारप्रति अापत्ति  नुवाकोट, ३ फागुन ।
नेपाल पत्रकार महासंघ नुवाकोटकी उपाध्यक्ष रुपा अर्याललाई नुवाकोटका प्रमुख जिल्ला अधिकारीले समाचार संकलनमा गरेको हस्तक्षेपप्रति प्रेस सेन्टर नेपाल नुवाकोटले आपत्ती जनाएको छ । गएको मंगलवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले समाचार संकलनका लागि पुगेकी पत्रकार अर्याललाई गरेको दुव्र्यवहारप्रति हिजो प्रेस सेन्टर नेपाल नुवाकोटले एक विज्ञप्ती प्रकाशीत गर्दै विरोध जनाएको हो ।
प्रेस सेन्टर नेपाल नुवाकोटकी सह सचिब र मिक्स एफ एमका स्टेशन म्यानेजरसमेत रहेकी अर्याललाई सिडियो थापाले अनुमतिबिना फोटो खिच्न र समाचार संकलन गर्न नपाइने भन्दै हस्तक्षेप गर्नुका साथै मोबाइल तथा क्यामेरा खोसेर फुटाइदिने प्रयास समेत गरेका थिए । यसका साथै थापाले विगतमा आफू पनि पत्रकार रहेको, प्रेस काउन्सिलमा जागिरे भएको भन्दै मुद्धा चलाइदिने धम्की दिएका थिए भने कार्यकक्षमा प्रहरी बोलाएर धरपकड गर्ने शैलिमा पक्राउ गर्न खोज्नुका साथै बाहिर निकालेर अमानविय व्यवहार गरेका थिए । प्रेस सेन्टर नेपाल नुवाकोटका अध्यक्ष रामहरि गजुरेलले एक प्रेस विज्ञप्ती जारी गर्दै आम नागरिकका साथै पत्रकारहरुको सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने, संरक्षण र बढ्दो असुरक्षा चुनौतिकाबीच सञ्चार कर्ममा क्रियाशील सञ्चारकर्मीहरुको सुरक्षा गर्नुपर्ने जिम्मेवारी बोकेर बसेका राज्यका निकाय र तिनका प्रमुख एवं प्रशासक नै पत्रकारहरुमाथी हस्तक्षेपमा उत्रनु गम्भिर चिन्ताको विषय बनेको उल्लेख गरेका छन् ।
‘सार्वजनिक चासो र नागरिक सरोकारका विषयलाई सञ्चार माध्याममा प्रकाशन, प्रशारण र रिपोर्टिङ गर्न पाउने अधिकारलाई राज्यको प्रचलित कानुन र संविधानले त अंकुश लगाउन सक्दैन भने, कार्यान्वयनको जिम्मेवारीमा रहेका कर्मचारीबाटै गरिने यस्ता दुश्प्रयास कानुनी अधिकारकै खिलाफमा रहेको प्रेस सेन्टरको दाबी छ । ‘पत्रकार अर्याल र अरु पत्रकारहरुको व्यक्तिगत विषय मात्रै नभएर यो सिंगो स्वतन्त्र पत्रकारिता क्षेत्रमाथीकै हस्तक्षेप हो भन्ने हाम्रो निश्कर्ष छ । आफ्नो जिम्मेवारी एवं पदिय विशिष्ट संवेदनशीलतालाई भुलेर भविष्यमा यस्तो व्यवहार नदोहो¥याउन सिडियो थापालाई सचेत गराउन चाहान्छौँ’, अध्यक्ष गजुरेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
पत्रकारिता सम्बन्धि नयाँ मुलुकी ऐनको अपब्याख्या गर्दै सिडियो थापाले सार्वजनिक स्थलमा हुने गतिविधिहरुको रिपोर्टिङ र सुचना पाउने कानुनी अधिकारलाईसमेत संकुचित, कुण्ठित गर्ने काम भएको सेन्टरको ठहर छ । आफ्नो जिम्मेवारी एवं पदिय विशिष्ट संवेदनशीलतालाई भुलेर भविष्यमा यस्तो व्यवहार नदोहो¥याउन सिडियो थापालाई सचेत गराइएको छ । सरकार र सम्बन्धित निकायसँग पत्रकार अर्यालको सुरक्षाको जोडदार माग गर्दै प्रेस सेन्टरले यस घटनाको छानबिन गरी दोशी प्रमुख जिल्ला अधिकारी (सिडियो) थापालाई कारबाहीको मागसमेत गरेको छ ।
माघ २९ गते दिउँसो २ः३० बजेको समयमा माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत आयोजना प्रशारण लाइन विस्तारको क्रममा प्रभावित क्षेत्रका मुआब्जाबाट बञ्चित प्रभावितहरु प्रशासन कार्यालयमा सुचना माग्न आउँदा विगतदेखि नै नदिने र सिडियो थापाले थर्काउने गरेका थिए । जसका कारण प्रभावित नागरिकले पत्रकारहरुलाई सहयोगका लागि अनुरोध गरेपछि उपाध्यक्ष अर्याल समाचार संकलनका लागि त्यहाँ पुगेकी थिएन् । सोही क्रममा सुचना नदिएको उक्त विषयलाई लिएर उहाँले तस्वीरका साथै सिडियो थापासँग उनकै कार्यकक्षमा वास्तविक जानकारी लिन खोज्दा यस्तो दुव्र्यबहार गरेका थिए ।
सिडियो थापाले भने आफूले पत्रकार भन्ने नचिनेका कारण यस्तो हुन पुगेको प्रतिक्रिया दिएका छन् । यस घटनाको विरोध गर्दै यसअघि नै नेपाल पत्रकार महासंघ ३ नं. प्रदेश र महासंघ नुवाकोट शाखाले विज्ञप्ती जारी गरेको थियो ।

Loading...