सात महिनादेखि श्रीमानको अत्तोपत्तो नपाएपछि कुमाल पीडामा छट्पटाउँदै

स्याङजा । सात महीनादेखि श्रीमान् बेपत्ता भएपछि चापाकोट नगरपालिका–८ स्याङ्जा बस्ने चम्पा कुमाल पीडामा छन । उनका ५३ वर्षीय श्रीमान् प्रेमबहादुर कुमाल गएको भदौदेखि सम्पर्कविहीन छन् । गाउँका युवालाई भर्ती गराउन भारत लैजाने भन्दै घरबाट निस्केका कुमाल अहिलेसम्म परिवारको सम्पर्कमा नआएको श्रीमती चम्पाले पीडा व्यक्त गरे ।

“आफन्त, साथीभाइ धेरै ठाउँमा खोजीकार्य गरे पनि अहिलेसम्म अत्तोपत्तो लाग्न सकेको छैन, भर्ती हुन भनेर सँगै गएका गाउँका सबै युवा घर फर्किए तर श्रीमान्को केही खबर पाउन सकिएन”, कुमालले भने ।

श्रीमान् बेखबर बनेको पीडाले कुमाललाई न दिनमा भोक न रातमा निद्राजस्तै भएको छ । “सँगै गएका युवा भैरहवाबाट आफ्नै कामकाजमा फर्किएको र प्रेमबहादुर आफ्नो अन्यत्र काम देखाएर निस्किएको खबर ती युवाबाट थाहा पाइयो तर अहिलेसम्म फोन सम्पर्क केही छैन”, उनको भनाइ छ ।

कुमालले श्रीमान्को खोजीकार्यमा दुःखसँग बाख्रा, कुखुरा पालेर कमाएको केही रकम खर्च गर्नुभयो । तर अहिलेसम्म श्रीमान्को पत्तो लाग्न नसकेको उनी बताउँछन । “तीन छोरा छन्, श्रीमती लिएर म सँग छुट्टिएर बसेका छन्, म एक्लै पीडामा घरको पिँढीमा बसेर श्रीमान् आउने आशामा बसिरहेको छु” कुमालले बिलौना गरे ।

छोराले आफँै कमाउँछन्, रमाउँछन्, श्रीमान्को अत्तोपत्तो छैन, दुई÷चार पैसाका लागि कसैबाट सहायता नभएको उनले गुनासो गरे । श्रीमान्लाई खोज्न भैरहवासम्म पुगे, आफन्त साथीभाइ कोही कसैसँग सम्पर्कमा नभएको कुमाल बताउँछन ।

Loading...