आफ्नै दिदी र भाई मिलेर राजुलाई इनारमा फालेको खुलासा, कुहिएको शव गन्हाएपछि खुल्यो यस्तो पोल

तनहुँ । तनहुँको काउरेटारमा कुहिएको अवस्थामा शव भेटिएका व्यक्ति आफ्नै परिवारबाट मारिएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धानपछि माघ २१ गते भानु नगरपालिका ९ काउरेटारमा इनारमा भेटिएका राजु बिकलाई उनकै दिदी र भाइले हत्या गरेको अनुसन्धानपछि खुलेको जनाएको छ ।

जिप्रका तनहुँले आफ्नै भाईको हत्या गरी ईनारमा फाल्ने एक दिदी सहित अन्य २ जनालाई गिरफ्तार समेत गरेको छ । माघ २१ गते दिउँसो स्थानियको बारीमा सींचाईको लागि खनेको ईनार भित्र एक पुरुषको शव सडीगली दुर्घन्दित अवस्थामा रहेको भेटिएको थियो ।

तनहुँ प्रहरीले अनुसन्धानपछि उक्त शव सोही स्थानका ३२ वर्षीय राजु बिकको भएको पत्ता लगाएको थियो । मृतक राजु बिकको मृत्यु प्रकरण सम्बन्धमा थप अनुसन्धान गर्दै जाँदा प्रहरीले नयाँ तथ्य पत्ता लगाएको हो ।

प्रहरीले माघ १२ गते उनकै दिदी मनकुमारी बिक लगायत सोही स्थान बस्ने २४ वर्षीय आयुष विक र ३५ वर्षीया मनमाया बिकले उनलाई कुटपिट गरी नाम्लाले घाँटीमा बेरी उनको ह्त्या गरेको जनाएको छ । तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पक्राउ परेका व्यक्तिहरुमाथि मुद्दा दर्ता गरिएको र उनीहरुमाथि अझै अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Loading...