राष्ट्रिय स्तरको अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता

काठमाडौं । कलेज पढ्ने युवाहरुको व्यक्तित्व विकास र उनीहरुको क्षमतालाई अन्तराष्टिय मञ्चहरुमा स्थापित गराउने उद्देश्यसहित इन्टरनेशनल युथ सोसाइटी (आइवाइएस) ले इन्टर कलेज क्वीज प्रतियोगिता सुरु गरेको छ ।

ट्रयाक नेपालको सहकार्यमा आइयुएसले राष्ट्रिय स्तरको अन्तर कलेज क्वीज प्रतियोगिता सुरु गरेको जनाएको छ । देशका विभिन्न भागबाट विभिन्न चरणमा छनौट गरिएका १६ देखि २६ वर्षसम्मका युवा विद्यार्थीले यो प्रतियोगितामा भाग लिएको बताइएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आइवाइएसले यही फागुन १३ गते प्रतियोगिताको फाइनल हुने जानकारी दिएको छ । युथ फेडेरेशन फर वल्र्ड पिस (वाईएफडव्लुपी)ले टाइटल स्पोन्सर गरेको यो प्रतियोगिता धेरै हिसाबले पृथक र उपयोगी हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सोधिने प्रश्नहरु अन्तराष्टिय स्तरका हुने र विज्ञान, गणित, मनोरञ्जन, समसामयिक ज्ञान आदि विषयबाट समेटेर तयार गरिने पनि उनीहरुले जानकारी दिए ।

इन्टरनेशनल युथ सोसाईटीका कन्ट्री डाईरेक्टर जानकी गुरुङले युवाहरुको प्रतिभालाई प्रस्फुटन गराई क्षमतावान भावी युवा पुस्ता तयार गर्ने उद्देश्यले यो प्रतियोगीता गर्न लागेको बताइन ।

उनले भनिन, ‘ यो क्वीज कम्पिन्टीसन फरक शैली र अन्तराष्ट्रिय स्तरको हुनेछ । यसबाट नेपालका विद्यार्थीहरुले धेरै कुरा सिक्न र अनुभव प्राप्त गर्न सक्नेछ ।’ उनले याे क्वीज प्रतियाेगिताकाे थिम नै अरुभन्दा भिन्न भएकाे र यसबाट विद्यार्थीहरुलाइ बाह्य जगतमा एक्सपाेजर दिने कुरामा केन्द्रित रहेकाे बताइन । उनले प्रतियाेगिताकाे सञ्चालनकाे विधि, प्रश्नहरु छनाैट र समग्र कन्टेन्टहरु नै भिन्न रहेकाे जानकारी दिइन । 

त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै आइवाइएसका अन्तराष्टिय अध्यक्षसमेत रहेका ट्रयाक नेपालका अध्यक्ष पियारत्न महर्जनले कजेलका विद्यार्थीहरुबीच गरिने यो प्रतियोगितमा विजयी हुनेहरुलाई अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहमा सहभागी गराउने जानकारी दिए । उनले प्रतियोगितामा विजयी हुने टिमलाई इन्टरनेशनल युथ सोसाइटीले आगामी दिनमा अन्य देशहरुमा गर्ने कार्यक्रम र यस्तै प्रतियोगितामा पनि सहभागी गराइने जानकारी दिए । उनले आइयूएस ग्लोबल युथ नेटवर्क भएको जानकारी दिँदै यस्तो क्वीज प्रतियोगिता अन्य देशमा पनि आयोजना गर्न लागेको जानकारी दिए । ध्यक्ष महर्जनले प्रतियोगिताका लागि विभिन्न स्तरबाट सहयोग र साथ भएकोले कार्यक्रम प्रभावकारी हुने बताए ।

पत्रकार सम्मेलनमा क्वीज कम्पिटिशनका संयोजक देवीप्रसाद घिमिरेले कजेलका ११ र १२ कक्षाका १६ देखि १८ बर्षका विद्यार्थीहरु बीच हुने यस प्रतियोगितमा चितवन, पोखरा, विराटनगर लगायतका विद्यार्थीहरुहरुले सहभागिता जनाएको जानकारी दिए ।

संयोजक घिमिरेले अहिलेको नयाँ पुस्तालाई कसरी व्यवहारिक रुपमा योग्न बनाउने हो भन्ने विषयमा भईहरेको बहष अन्तर्गत यस संस्थाले गर्न लागेको ज्ञान बृद्धिको यो कार्यक्रमले प्रतिफल दिने विश्वास व्यक्त गरेका थिए ।

पत्रकार सम्मेलनमा इन्टरनेशनल युथ साेसाइटीका कन्ट्री सेक्रेटेरी तथा इभेन्ट म्यानेजर एवं टेलिभिजन प्रस्तोता विवश राईले प्रतियोगीतबारे विस्तृत जानकारी दिएका थिए । उनले प्रतियोगितामा विजयी हुने टिम मध्ये प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार र अन्य सबै टिमलाई पाँच पाँच हजार नगद रकम र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए । साथै विजयी हुनेलाई मोवाइल लगायत अन्य थुप्रै गिफ्टहरु पनि रहेको उनले बताए ।

म्यानेजर राईका अनुसार प्रतियोगिताको सेफिफाईनल फागुन १२ गते आईतबार (२४ फ्रेबुअरी) मा हुनेछ । नयाँ बानेश्वरस्थित मेरो कन्सल्टेन्सीको विल्डिङमै ११ वटा टिमकाबीच सेमीफाइनल हुने उनले बताए । सेमिफाइनलबाट छनौट भएका ५ वटा टिम फाइनलमा जाने र फाइनल प्रतियोगिता फागुन १३ गते अर्थात २५ फ्रेबुअरी मा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजना गरिने राईले जानकारी दिए ।

प्रतियोगिताको फाइनलमा नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बुड प्रमुख अतिथि हुने आयोजकले जानकारी दिएको छ । फाइनल प्रतियोगितामा केही वक्ताहरुलाई समय दिने बताइएको छ । नेपाल सरकारका पूर्व सचिव किशोर थापा, अर्वन डेभलपमेन्ट परिषदका महासचिव ओम डि राजोउपाध्याय र डब्लूएफपिए नेपालका सिईओ विलेसिसिइ जी ढकाल प्रतियोगिताको फाइनलमा वक्ताका रुपमा हुने म्यानेजर राईले जानकारी दिए ।

कार्यक्रमलाई सपोर्ट युथ फेडेरेशन वल्र्ड पिस (वाईएफडव्लुपी)ले गरेको छ । साथै लाइयन्स क्लव, स्पेस इजुकेशन इन्सिच्युट, वाईवाई , कन्सोल बजारले साथ दिएका छन ।

त्यसैगरी प्रतियोगिताको एजुकेशन पार्टनरको रुपमा मेरो कन्सलटयान्सी, सिडन्यानो टेक एण्ड कन्सलटिंङ, टिमटी रहेका छन भने हस्पिलाटी पार्टनरमा डकीयार्ड रेस्टुरेन्ट रहेका छन ।

Loading...