एसईई परीक्षाकाे परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई)को तालिका सार्वजनिक गरेको छ ।

चैत १० गते आइतबारबाट शुरु हुने एसइइ परीक्षा यसअघिकाे जस्तै बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बाेर्डले जनाएकाे छ । घाेषित तालिका अनुसार पहिलाे दिन अनिवार्य अग्रेजी विषयको परीक्षा रहेको छ । त्यसैगरी चैत ११ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । तेस्राे दिन अर्थात चैत १३ गते अनिवार्य गणितको परीक्षा हुनेछ भने चैत १४ गते अनिवार्य विज्ञान विषयको । चैत १५ गते अनिवार्य सामाजिक र चैत १६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षाको परीक्षा हुनेछ ।

प्राविधिक विषयतर्फ समेत गरेर चैत २१ गते बिहीबार सबै परीक्षा सम्पन्न हुने बाेर्डले जनाएकाे छ । नियमित तथा ग्रेड बृद्धि दुवैको परीक्षा एउटै समयमा हुने र कुनै आकस्मिक बिदा पर्न गएमा परीक्षा नियन्त्रण कार्यलयको पूर्वसूचना विना परीक्षा स्थगित नहुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

परीक्षा तालिका यस्ताे छ

 

Loading...