किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने हिरे परे प्रहरी फन्दामा

डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–४ घाड भन्ने गाउँका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीय खड्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेकोे आरोपमाप्रहरीले पक्राउ गरेको हो । घरमा एक्लै भएको मौका छोपी सोमबार राति करीब १० बजेको समयमा जबर्जस्ती करणी गर्न खोजेको पीडित पक्षले इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि प्रहरीले उनलाई आज पक्राउ गरेको हो । पक्राउ परेका मगर र पीडित किशोरीलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको छ ।

पीडित बालिकाको बयानका आधारमा उनको घरमा सुत्ने ठाउँ नजिकै सानो झ्याल भएको र सोही झ्यालबाट आफ्नो संवेदनशील अङ्गमा हात हालेको बताएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले बताए ।

यस विषयमा आरोपित खड्कबहादुर मगरले आफ्नो घरमा फिरन्ते व्यापारी चार जना जुम्ली आएको र उनीहरुले लोकल कुखुरा खाने भनेपछि उनलाई ब्युँझाउन झ्यालबाट हात हालेको बताएको प्रहरी प्रवक्ता तथा धाँमीले जानकारी दिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र अनुसन्धानपछि आरोप प्रमाणित भए मुद्दा चलाइने डोटी प्रहरीले जनाएको छ ।

Loading...