फेसबुकमा साथीको तस्विर राखी परपुरुषसँग अश्लिल हर्कत देखाउने युवती यसरी परिन प्रहरी फन्दामा

डोटी । फेसबुकमा साथीको तस्विर राखेर परपुरुषसँग अश्लिल कुरा गर्ने एक युवती पक्राउ परेकी छन् । डाटी प्रहरीले साइबर क्राइमको आरोपमा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी युवतीले फेसबुकमा आफ्नै विद्यालयमा अध्ययन गर्ने एक साथीको तस्बीर प्रयोग गर्दै अन्य व्यक्तिसँग अश्लील कुरा गर्ने आरोप लागेको छ । उनले अन्य व्यक्तिसँग आफूले अश्लील हर्कत देखाउँदै कुरा गरेपछि उनका विरुद्ध पीडित महिलाले उजुरी हालेकी थिइन । सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरीको अपराध महाशाखा काठमाडौँले उनलाई पत्ता लगाइ पक्राउ गरेको बताइएको छ ।

पीडित किशोरीको निवेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिएका छन् ।

प्रहरी नायव उपरीक्षक धामीले घटनाको संवेदनशीलतालाई मध्यनजर गरी आरोपी र पीडितको नाम गोप्य राखिएको बताए ।आरोपीलाई थप अनुसन्धानका लागि अपराध महाशाखा काठमाडौं हनुमान ढोका पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

Loading...