९८ वटा स्थानीय निकायका नाम र केन्द्र परिवर्तन गर्न सरकारले दियो यस्तो निर्देशन

काठमाडौँ । सरकारले ९८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । यसअघि तोकेका अस्थायी केन्द्र र नामहरु परिवर्तन गर्दै त्यसको जानकारी सबैलाई पठाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ वमोजिम गाउँसभा तथा नगरसभाबाट आएका सिफारिस नाम तथा केन्द्र परिवर्तन गरिएको उल्लेख छ ।

गाउँसभा तथा नगरसभाले सिफारिस गर्दा पनि त्यस्ता धेरै गाउँपालिका तथा नगरपालिकाले पहिलेकै नाम तथा केन्द्र प्रयोग गरेकाले संयुक्त रुपमा यो जानकारी गराएको पनि पत्रमा उल्लेख छ । मन्त्रालयले अबदेखि परिवर्तन गरिएको नाम र केन्द्रलाई कार्यान्वयनमा ल्याउन पनि निर्देशन गरेको छ ।

स्थानीय सरकारले गाउँसभा तथा नगरसभाबाट नाम र केन्द्र परिवर्तन गर्ने निर्णयहरु विवादका कारणले कार्र्यान्वयनमा आउन सकेका थिएनन । कतिपय निर्णयहरु गाउँसभा तथा नगरसभाको बहुमतका आधारमा गरिएका थिए । त्यसरी गरिएका निर्णयहरु प्रदेश सरकार र संघीय सरकारलाई अन्तिम निर्णयका लागि सिफारिस गरिएका थिए । सोही आधारमा संघीय सरकारले यस्तो अन्तिम निर्णय गरी सोही वमोजिम कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ ।

कतिपय स्थानीय निकायका नाम र केन्द्र सार्ने सम्बन्धमा स्थानीय, प्रदेश र संघीय सरकारले निर्णय गरे पनि स्थानीय स्तरमा भने ठूलो विवाद आउने देखिन्छ । यसअघि पूर्वी रुकुम जिल्लामा यस्तै समस्या आएको छ । रुकुम पूर्वको जिल्ला सदरमुकाम सार्ने बारे त्यहाँको सरकारले गरेको निर्णय स्थानीयवासीले लागु गर्न मानेका छैनन । उनीहरुले लामोसमयदेखि आन्दोलन गर्दै आएका छन् । सो क्रममा उनीहरुले पूर्वमन्त्रीसहितका जिल्लाका नेताहरुलाई घेराहालेर भिडमा कुटपिट समेत गरेका थिए ।

यस्ताे छ नाम र केन्द्र परिवर्तन गर्ने पत्र

 

Loading...