प्रशासकीय अधिकृत श्रेष्ठ अख्तियारको फन्दामा

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ अख्तियारको फन्दामा परेका छन् । उनी घुसरकम सहित रङ्गेहात बिहीवार  पक्राउ परेका हुन ।

जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाईदिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले उनलाई घुस रकम सहित कब्जामा लिएको हो ।

निज प्रशासकिय अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई सेवाग्राहीसँग रू.२५,,०००।– (पच्चिस हजार) घुसबापतको रकम लिईसकेको अवस्थामा जिल्ला भक्तपुर दरवार स्क्वायर नजिक स्विट होम रेष्टुरेन्ट एण्ड क्याफेबाट नियन्त्रणमा लिइएको अख्तियारका सह प्रवक्ता मदन कोइरालाले बताए ।

Loading...