रेलमार्गभन्दा पानी जहाज छिटो ल्याउने सरकारको तयारी, पानीजहाजको कार्यालय उदघाटन

काठमाडौं, २ फागुन । सरकारले अब नेपालमा रेलमार्डभन्दा पानी जहाज ल्याउने जनाएको छ । सोही योजना अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले आज पानी जहाजको कार्यालय उद्घाटन गरेका छन् ।

पानी जहाजको कार्यालय उदघाटन गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल पूर्ण रुपमा भूपरिवेष्ठित मुलुक नहुने बताएका छन् । बिहिबार ललितपुरमा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दैै प्रधानमन्त्री ओलीले हिन्द महासागर हामीबाट नजिक रहेको बताउदै त्यहाँ बंगालको खाडीबाट पानी जाने बताए ।

उनले बंगालको खाडीमा पुग्ने गंगा नदीमा सुख्खायाममा ७२ प्रतिशत र बर्षायाममा ४० प्रतिशत पानी नेपालको हिमाल र मुहानबाट निस्केका नदीबाट पुग्ने बताए । उनले भने– ‘गंगामा जहाज चल्न सक्छ, जब त्यहाँ चल्न सक्छ भने त्यसमा मिसिने ठूला खोलाहरु कोसी हो, गण्डकी हो, कर्णाली हो, महाकाली हो, यीनै खोलाहरु हो ।

यिनै नदीहरु मिसिएर गंगाको रुपमा बग्ने हो भने हामी ल्यान्ड लक्ड भनेर किन खुम्चिएर बसिरहने ? हामीले हाम्रा नदीहरुको पानीलाई जलमार्र्गको रुपमा किन प्रयोग नगर्ने ?’

उनले समुन्द्रसँग छुँदै आएको नदिको टुप्पो हामीसँग भएकोले नेपाल पूर्ण रुपमा भूपरिवेष्ठित मुलुक नभएको उनले बताए ।

उनले आफुले भारत भ्रमण अघि नेपालले २ वटा महत्वपूर्ण कुरामा छलफल गरेर टुङ्गोमा पुग्न चाहेको भन्दै खबर पठाएको उल्लेख गरे । जसमा रक्सौल काठमाडौ रेल र पानीजहाज भएको बताए । उनले रेल पनि अब जरुरी भइसकेको बताउँदै काठमाडौंबाट रेलमा सामान पठाउने र भारतबाट आफ्नै पानीजहाजमा सामान पठाउने बताए । उनले भने– ‘यहाँबाट सामान बन्दरगाह सम्म पठाउछौँ, त्यहाँबाट सामान पानी

जहाजमा पठाउँछौँ । अथवा त्यसको सट्टा काठमाडौबाट कोसीसम्म सामान लान्छौँ । त्यहाँबाट पानीजहाजमा पठाउँछौँ । जलमार्गको रुपमा नदीहरुलाई प्रयोग गर्ने सम्भावना छ ।’

उनले नेपालको नदीको अवस्था हेरेर त्यस्तै खालको जहाजको ढाँचा बनाउन सकिने बताए । उनले भइरहेको जहाजको ढाँचामा अर्को जहाज बनाउनुपर्ने नभई नदी अनुकुलको ढाँचामा जहाज बनाउन सकिने बताए । पानी जहाज आउने नदीमा पुल भएमा त्यसलाई अलि माथि उठाई बनाएर हुन्छ कि वा पानी जहाज आउने बेलामा नदीलाई डाइभर्सन गरेर हुन्छ विभिन्न उपायहरु रहेको बताए ।

उनले भने– ‘हाम्रा नदीहरुमा जहाज चलाउन सकिन्छ, चलाउन सकिँदैन भन्ने कुनै थ्योरीले काम गर्न सक्दैन । चलाउने थ्योरी निकाल्नुपर्छ । चलाउने थ्योरी अनुसार जानुपर्छ त्यसो हो भने चलाउन सकिन्छ ।’ प्रधानमन्त्री ओलीले अब केही समयपछि पानी जहाजको टिकट पाइने बताउदै रेलमार्गभन्दा जलमार्ग छिटो बन्ने उल्लेख गरे ।

२०२७ सालमा पानीजहाज कार्यालय स्थापना भएको बारे आफुलाई थाहा नभएको बताउँदै उनले भने– ‘म राम्रै बुझ्ने भइसकेको थिए २७ सालमा । पानी जहाज कार्यालय स्थापना भएको, प्रयासहरु भएको मलाई सम्झना भएन । तर जब हमला सुरु भयो त्यसपछि मैले त्यसको अलिकति खोजीनीति गर्दा २७ सालमै सुरु भएको रहेछ ।’

प्रधानमन्त्री ओलीले दुई चार जना इन्जिनियरलाई जागिर खुवाउन पानी जहाज कार्यालय स्थापना गरेको नभई पानी जहाज चलाएर देखाउन नै कार्यालय स्थापना गरेको बताए ।

Loading...