प्रधानमन्त्री ओलीले आज एकाएक किन देशवासीका नाममा सम्वोधन गर्न थाले ?

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । आज बिहीबार अपरान्ह ४ बजे प्रम ओलीले सम्वोधन गर्ने भएका हुन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्न लागेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सम्बोधनमा सरकारको एक वर्षको उपलब्धि र भावी योजना समेटिने मन्त्री बास्कोटाले जानकारी दिए ।

ओली प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पुग्दैछ ।

Loading...