फ्रान्ससँग १२ नौसैनिक जहाज किन्दै अष्ट्रेलिया

एजेन्सी । अष्ट्रेलियाले फ्रान्ससँग ३५ अर्ब अमेरिकी डलर बराबरको पानीभित्र चल्ने जहाज (पनडुब्बी) किन्ने एक सम्झौतामा सोमबार हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार फ्रान्सको पानीजहाज निर्माण गर्ने नौसैनिक समूहले सुरक्षा प्रयोजनका लागि १२ वटा पनडुब्बी जहाज अष्ट्रेलियालाई दिनेछ ।

अष्ट्रलियाली प्रधानमन्त्री स्कट मोरिसन र दुबै देशका रक्षामन्त्रीको उपस्थितिमा उनीहरूबीच ‘सबम्यारिन प्रोग्राम स्ट्राटेजिक पार्टनरिङ एग्रीमेन्ट’ भएको हो ।

उत्पादन करार अनुसार फ्रान्सको नौसैनिक समूहले अग्रभाग क्षमता भएका १२ वटा जहाजलाई अष्ट्रेलियासम्म पु¥याउने गरी सम्झौता भएको हो ।

नौसेना समूहका प्रमुख हेर्वे गुइलोले भने, “हामी अष्ट्रेलियामा भविष्यका लागि पनडुब्वी कार्यक्रम पु¥याउने जिम्मेवारीको अवसर पाएकोमा निकै नै उत्साही बनेका छौँ । सम्झौता अनुसार समयमै जहाज पठाउने कामप्रति प्रतिवद्ध छौँ ।”

फ्रान्सको जहाज निर्माताले सन् २०१६ मा जापान र जर्मनीका कम्पनी पनि सहभागी बनेको टेन्डर प्रक्रियामा सहभागी भै जहाज विक्रीका लागि छनोटमा परेको हो ।

नयाँ १२ बटा पनडुब्वीले जहाजले अष्ट्रलियामा निर्मित ‘कोलिन्स क्लास’ पनडुब्वीलाई विस्थापित गर्नेछ ।

Loading...