प्रधानमन्त्री बन्ने थाइल्याण्डकी राजकुमारीको चाहनामाथि लाग्यो, ब्रेक राजकुमारी प्रमका लागि अयोग्य घोषित

बैङ्कक । थाइल्याण्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार समेत बन्न नपाउने भएकी छन ।

गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो ।

थाइल्याण्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाई रक्षाचार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गरेकी थिइन ।

उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएका थिए ।

उनी अहिले पनि राजपरिवारको सदस्य भएकाले राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई थियो ।

थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रूपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाईन्छ ।

राजाकै आसय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।

उनको घोषणापछि थाईल्याण्डसहित विश्वभरी नै भावी राजनीतिका बारेमा अनेक चर्चा र अनुमानहरू गरिएको थियो ।

आउदो मार्च २४ का दिन हुने आम निर्वाचनका लागि राजकुमारीलाई अगाडि सारेको रक्षाचार्टले अव अर्को उम्मेदवारलाई अगाडि बढाउनुपर्ने भएको छ ।

प्रधानमन्त्रीका लागि विगत पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा रहेका सैनिक नेता प्रयुत चान–ओ–चाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सैनिक विद्रोह मार्फत राजनीतिमा आएका प्रयुतले यस पटकको निर्वाचन मार्फत् आफूलाई नागरिक नेताका रूपमा स्थापित गराउने प्रयासमा छन् ।

सैन्य विद्रोहबाट पदच्युत गरिएपनि थाईल्याण्डको राजनीतिमा पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको अत्यन्त प्रभाव देखिन्छ ।

उनलाई थाइल्यान्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्ने गरेको पाईन्छ ।

उनलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । त्यसपछि सन् २०१४ मा उहाँकी बहिनी यिङ्लुकको सत्तामा पुनरागमन भएको थियो । तर उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्यूत गरिएको थियो । उनीहरू अहिले निर्वासनमा छन भने देशबाहिरैबाट देशभित्रको राजनीतिलाई निर्देश गरिरहेका छन् ।

Loading...