न्यूनतम पारिश्रमिक दिन अटेर गर्ने सञ्चारगृह बन्द गर्नुपर्छ : महासचिव बिष्ट

काठमाडौं, २६ माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले श्रमजीवी पत्रकारलाई न्यूनतम् पारिश्रमिक नदिने सञ्चारगृह बन्द गर्नुपर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपाल काठमाडौं जिल्लाले आयोजना गरेको सञ्चारगृहमा बृद्धि भएको पारिश्रमिकमा रोकावट र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन बिषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।

न्यूनतम पारिश्रमिक दिन अटेर गर्ने सञ्चारगृह बन्द गर्नुपर्छ 

महासचिव विष्टले भने, अहिले सञ्चार संस्थानहरुले श्रमजीवी पत्रकार ऐनलाई अपव्याख्या गर्दै सञ्चारगृहमा काम गर्ने श्रमजीवी पत्रकार र मजदुरहरु फरक भएको भनेर हिडिरहेका छन् । त्यो गलत ब्याख्या हो । सञ्चारगृहमा काम गर्ने सबै श्रमजीवीहरुको सेवा सुबिधा समान हुनुपर्दछ भन्ने पत्रकार महासंघ आफ्नो कुरामा अडिग छ । त्यसकारण तपाई श्रमिकहरु आन्दोलनमा जान तयार हुनुस् । सञ्चारगृह सञ्चालकहरुले सामान्य दवावले नपुग्ने भन्दै उनले बरु न्युनतम् तलब नदिने सञ्चारगृह बन्द गर्नेे तहकाे अान्दोलन गर्नुपर्ने महासचिव बिष्टले बताए ।

सरकारले खेलेको भूमिका अग्रगामी

त्यस्तै सोही कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले अहिले बनेको सरकार तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले श्रमजीवी पत्रकारहरुको पक्षमा भूमिका खेलेको भएपनि सञ्चारगृहहरुले कार्यान्वयनमा अटेर गरेको बताए । आफ्नो कार्यकालमा आफुले सरकारसँग ५० प्रतिशतसम्म तलब बढाउने प्रयत्न गरेको बताए । श्रमजीवी ऐन लागु गर्ने सवालमा अहिले सरकारले खेलेको भूमिका अग्रगामी भएको बताए ।

ठूला मिडियाका मालिकहरुले श्रमजीवी ऐन आफ्नो कब्जामा लिए

त्यसैगरी क्रान्तिकारी पत्रकार संगठन, नेपालका पूर्वअध्यक्ष तथा पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले तथाकथित ठूला मिडियाका मालिकहरुले श्रमजीवी ऐन आफ्नो कब्जामा लिएको बताए । राज्यले श्रमजीवी पत्रकार ऐन निर्माण गरेको २४ बर्ष भैसक्दा पनि कार्यान्वयन नहुनुमा राज्यको उदासीनता प्रमुख कारण भएको दाबी गरे । उनले भने, ठूला मिडियाका मालिकहरुले गाडी थपेका थपेई छन् । घर ठड्याएका ठड्याएई छन् तर सञ्चारगृहका मेरुदण्डका रुपमा रहेका मजदुरहरुलाई तलब नदिएर उत्पीडनमा राखिएको छ । त्यसकारण सवै श्रमजीवीहरु एकजुट हुनु पर्ने बताए । उनले यो संगठन त्यो संगठन भनेर तपाई हामी पूर्वाग्रह नराखी एकजुट भएमा श्रमजीवी पत्रकारहरुले अधिकार सजिलै पाउने दाबी गरे ।

मिडिया मालिकहरुले फुटाउन खोजे

त्यसैगरी पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय उपाध्यक्ष जन्मदेव जैसीले सवै श्रमजीवीहरु एकजुट भएर आफ्नो अधिकारका लागि जुट्नु पर्ने र पत्रकार महासंघले त्यसको नेतृत्व गर्ने बताए । अहिले मिडिया मालिकहरुले पनि एउटै सञ्चारगृहमा काम गर्ने श्रमजीवीहरुलाई पत्रकार र मजदुर भनेर फुटाउन खोजेकाले सवै श्रमजीवीहरु एकजुट भएर सञ्चार संस्थानहरुलाई दबाब दिनु पर्ने कुरामा जोड दिए ।

श्रमजीवीहरु सञ्चारगृहका मालिक दास होईनन् 

क्रान्तिकारी पत्रकार संगठन, नेपालका काठमाडौं जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य करनसिंह बडालले ठूला सञ्चारगृहहरुले अहिले पनि पञ्चायतकालीन शैलीमा श्रमिकहरुलाई उत्पीडनमा गरिरहेको बताए । उनले भने, तथा कथित ठूला मिडियाहरु अहिले पनि पञ्चायतकालीन संस्कारमा आफुलाई मालिक र श्रमिकहरुलाई दासको रुपमा बुझ्छन् । श्रमिकहरुको पसिनाबाट उनीहरु रातारात नवधनाड्यमा रुपान्तरित भईरहेका छन् तर श्रमिकहरु भने आफ्नो छाक टार्न सक्दैनन् । कुनै पनि सञ्चारमाध्यमका मालिकले श्रमिकहरुलाई मारेर आफु सुरक्षित हुन्छु भनेर नसोचे हुन्छ । हामी त्यसका बिरुद्ध निर्मम संघर्ष गर्छौ उनले भने ।

मजदु मारा हर्कतका बिरुद्ध आफनो संगठन जसते सुक्कै संघर्ष गर्न तयार रहेको उनले बताए । त्यस्तै अतिथिहरुमा नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ काठमाडौं जिल्ला अध्यक्ष निर्मला बस्नेत, अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ कान्तिपुर मुल ईकाई कमिटी काेषाध्यक्ष अध्यक्ष रुद्र पौडेल , राजधानी दैनिकका शिव गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता श्रीराम वाग्लेले गरेका थिए भने कार्याक्रमको सञ्चालन ढकप्रसाद खतिवडाले गरेका थिए ।

Loading...