कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विपद पूर्वतयारी तथा प्रतिकार्यतिर

सुर्खेत, २७ माघ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको आयोजनामा विपद पूर्व तयारी तथा प्रतिकार्य योयजना संचालन भइरहेको छ ।

प्रदेशस्तरका अस्पतालहरुलाई विदप व्यवस्थापन र प्रतिकार्य सेवामा गर्नुपर्ने पूर्व तयारीको लागि मार्गदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । तीन प्रदेशका तीन स्थानहरुमा गर्ने प्रतिस्ठानले जनाएको छ ।

विध स्वास्थ्य संगठनका सहयोग र स्वास्थ्य तथा जनसंख्य मन्त्रालय अन्तरगतको स्वास्थ्य आपत्तकालिन तथा विपद व्यवस्थापन इकाईको स्वास्थ्य आपत्तकालिन कार्य संचालन केन्द्रको समन्वयमा उक्त कार्यक्रम संचालन भइरहेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा माघ २४ देखि सुरु भएको कार्यक्रम आज सकिँदैछ । कार्यक्रममा प्रदेशस्तरका अस्पताललाई आपत्तकालिन अवस्थाको पूर्व तयारी तथा प्रतिकार्या कसरी गर्ने भन्नेबारेमो विस्तृत छलफल भएको छ । त्यसैगरी माघ २८ गते नेपालगंज र २९ गते धनगढीमा घटना परिदृश्य अभ्यास, फागुन १ देखि ४ गतेसम्म नेपालगंज र दाङको लमहीमा अस्पताल विपद पूर्व तयारी तथा प्रतिकार्य योजनाबारे छलफल र अन्तरसंवाद गर्ने कार्यक्रम तय भएको प्रतिस्ठानले जनाएको छ ।

कार्यक्रममा कर्णाली, सुदूरपश्चिम र पाँच नम्बर प्रदेशस्तरका अस्पतालको साथै सरोकारवाला पक्षको सहभागी हुने प्रतिस्ठानले जानकारी दिएको छ ।

Loading...