चीनमा पेट्रोलियम पदार्थको प्रयोगमा अत्यधिक वृद्धि

एजेन्सी । चीनको प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा सन् २०१८ मा वृद्धि भएको शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

“चीनमा गत बर्ष झण्डै ३२ करोड ५० लाख टन प्रशोधित तेलको खपत भएको छ यो अघिल्लो बर्षको तुलनामा छ प्रतिशत बढी हो,” चीनको राष्ट्रिय विकास तथा सुधार आयोगद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

तेल उपयोगको गति सन् २०१७ मा ५.९ प्रतिशत रहेको थियो । सन् २०१८ मा कार प्रयोगमा ७.८ प्रतिशतको वृद्धि रहेको थियो । सन् २०१७ मा चीनमा कार प्रयोग गर्ने व्यक्तिको सङ्ख्यामा १०.२ प्रतिशत रहेकोमा यसमा वृद्धि आई १८ प्रतिशत पुगेको हो ।

गत वर्ष डिजेल प्रयोगमा गत वर्षभन्दा चार प्रतिशतले वृद्धि आएको देखिएको छ । यो पनि डिजेल प्रयोगमा देखिएको सामान्य वृद्धि हो ।

प्रशोधित तेलको जम्मा उत्पादन ३६ करोड ८० लाख टन पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा ६.३ प्रतिशत वृद्धि हो ।

चीनको कच्चा तेल उत्पादनमा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा १.१ प्रतिशतले कमी आई जम्मा १८ करोड ९० लाख टन पुगेको छ भने कच्चा तेल प्रशोधनमा ४.६ प्रतिशतले वृद्धि भई जम्मा ५८ करोड ८० लाख टन पुगेको छ ।

Loading...