भेनेजुयलाले ल्यायो प्रचण्ड र केपी ओलीबीच फाटो, सार्वजनिक मञ्चमै यसरी गर्न थाले आरोपप्रत्यारोप

काठमाडौं । भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि शुरु भएको मतभेदले उग्र रुप लिएको छ ।

भेनेजुएला प्रकरणमा नेकपालाई दुई अध्यक्ष दाहाल र केपी शर्मा अ‍ोलीबीच दोहोरी चलिरहेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’को रुपमा अथ्र्याएका थिए ।

त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने बताएका थिए ।

शुक्रबार मात्रै प्रचण्डले नचाहँदा नचाहँदै फेरि एकपटक द्वन्द्व आउन सक्ने चेतावनी दिएका छन्। पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले लेखेको ‘न्यायिक समिति : कार्यविधि र प्रक्रिया’ पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म, भावनाअनुसार ऐन बनाएर कार्यान्वयन नगरे अर्को माओबादी जन्मने चेतावनी दिएका छन्।

‘माओबादीलाई सिध्याइहालियो भनेर कसैले ठानेको छ भने दुर्भाग्यपूर्ण’ हुने बताएका अध्यक्ष प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न र समृद्धिका लागि पनि राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउनुपर्ने बताए।

पुस्तक लोकार्पण कार्यक्रममा ओली सरकारप्रति लक्षित गर्दै प्रचण्डले प्रचण्डले भने, ‘माओबादीहरुलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। अर्को माओबादी जन्मिन्छ, झन् ठूलो लँडाइ हुने खतरा आउँछ।’

फेरि माओबादी जन्मिए हिजोजस्तो गिरिजाप्रसाद कोइराला र आफूले सजिलैसँग १२ बुँदे समझदारी, शान्ति सम्झौतामा हस्ताक्षर र देशलाई युगान्तकारी परिवर्तनमा लाने काम नहुन पनि सक्ने उनले चेतावनी छ।

‘शान्ति सम्झौताको मर्म र भावना विपरित पुलिसले मुद्दा अगाडि बढाउने काम सुरु गरेको छ’, प्रचण्डले भने, ‘यदि हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा गर्यौँ र संविधानसभाबाट संविधान बनाउँदा जे जति अधिकार प्रत्यायोजन गर्ने कुरा गर्यौँ त्यो कुरालाई इमान्दारिताका साथ लागू गरिएन भने फेरि एक पटक हामीले नचाहँदा नचाहँदै द्वन्द्व आउन सक्छ।’

प्रचण्डले त्यो द्वन्द्वलाई नेपालले धान्न नसक्ने बताएका छन्। ‘कल्पना गर्नुहोस्, त्यो भयानक हुनेछ’, उनले प्रश्न गरे, ‘अबको नेपालले त्यसलाई धान्न सक्छ त ?’ उनले पुरानै शैलीमा भ्रष्टाचार बढ्दै गए मधेस र पहाडमा नयाँ ढंगको विकराल स्थिति सिर्जना हुने दाबी गरे। आफूहरुले पुरानो संरचना, कार्यशैली र भ्रष्टाचारको रोगलाई निधान गर्ने परिकल्पना गरे पनि त्यो नभएको उनको भनाइ छ।

‘हामीले पुरानो संस्कृति पुरानो संरचना, पुरानो कार्यशैली र भ्रष्टाचारको पुरानै रोगलाई निधान गर्ने परिकल्पना गरेका थियौं’, प्रचण्डले भने, ‘तर, फेरि उस्तै जतासुकै भयो भने हामीले नगरे पनि हामी जहाँ छौँ त्यही उभिदा उभिदै देशमा, मधेसमा एउटा ढंगले र पहाडमा अर्को ढंगको विकराल स्थिति सिर्जना हुनसक्छ।’

सुशासन र समृद्धिका लागि देशमा नयाँ व्यवस्था ल्याए पनि पहिलेजस्तै अवस्था देखिएकोमा उनले चिन्ता व्यक्त गरे। ‘हिजो लँडाइ, आन्दोलनमा सहभागी हुने, शान्ति प्रक्रियामा खुसीयाली मनाउने प्रत्येकले फेरि एकचोटि निधार खुम्च्याएर सोच्नुपर्ने अवस्था आउनु दुखद हो,’ प्रचण्डले अगाडि थपे, ‘शान्ति सम्झौता र संविधानमा व्यवस्था गरेको मूलभुत कुरा इमान्दार रुपमा कार्यान्वयनतिर अघि बढ्नुपर्छ।’

देशमा ठूला परिवर्तन ल्याउँदा राजनीतिक दलहरु एकजुट भएकोले विकास र समृद्धिका लागि पनि राष्ट्रिय सहमतिको राजनीतिको आवश्यकता रहेको उनले औंल्याएका छन्।

‘शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा इमान्दार र एकजुट भयौं भने ऐतिहासिक अवसर छ। ठूला राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाट मात्रै सम्भव तुल्याएका छौं,’प्रचण्डले भने, ‘परिवर्तन संस्थागत गर्न र जनताको समृद्धिका लागि सहमतिको वातावरण अहिले पनि आवश्यक छ।’

संविधानको मर्मअनुसार संघीयता कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए भने तल्लो तहसम्म अधिकार पुग्नुपर्ने बताए। ‘भ्रष्टाचार निदान गर्ने भनेको हो नि, फेरि उस्तै छ,’ प्रचण्डले भने, ‘मधेश र पहाडमा एक ढंगले विकराल स्थिति सिर्जना हुन सक्छ।’

संघीयता कार्यान्वयन, परिवर्तन संस्थागत गर्ने कुरा कसैले हलुका रुपले लिएको छ भने देशलाई गाह्रो पर्ने चेतावनी उनको छ। ‘हलुका फुलका रुपले लिइएको छ भने अब चाहिँ देशलाई धेरै गाह्रो पर्न सक्छ,’ उनले भने, ‘संविधानलाई आत्मसात गरेर ऐन बनाउने र इमान्दारी साथ कार्यान्वयन गर्नुपर्छ।’

विभेदमा पारिएका उपेक्षित वर्गलाई सन्तुष्टि दिने कुरालाई हल्का रुपमा नलिन उनले आग्रह गरे। ‘उपेक्षित र विभेदमा पारिएकाहरूलाई यो देशको मालिक बनियो भनेर अनूभुति हुने कुरालाई कसैले हल्का रुपले लिन्छ भने त्यसले दूर्भाग्य नित्याउँछ,’ प्रचण्डले भने।

ओली प्रचण्डबीच भेनेजुएला प्रकरणले मनमुटाव भएको छ । अमेरिकी हस्तक्षेपबिरुद्ध प्रचण्डले कडा विज्ञप्ति सार्वजनिक गरेपछि ओली रुष्ट बनेका थिए । तर प्रचण्डले आफु आफ्नो भनाइमा अडिग रहेको बताउदै आएका छन् । प्रचण्डले भेनेजुएला प्रकरणमा चिप्लिएर अमेरिकाबिरुद्ध विज्ञप्ति निकालेको भन्दै प्रधनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले सार्वजनिक टिप्पणी गरेपछि बिहिबार प्रचण्डले पनि ओलीलाई सार्वजनिकरुपमै जवाफ दिएका छन ।

पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा आफू अडिग रहेको बताएका छन् । पार्टी सचिवालयले समेत विज्ञप्तिको भावनाअनुसार वक्तव्य जारी गरेको भन्दै प्रचण्डले व्यक्तिको भनाइको अर्थ नहुने टिप्पणी गरे ।

Loading...