जब मोदीले आदिकवि भानुभक्तलाई सम्झिदै भाषण गरे

काठमाडौं । ममता बनर्जी नेतृत्वको पश्चिम बंगाल सरकारले लगाएका रोकका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जल्पाइगुडीमा एउटा आमसभालाई सम्बोधन गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनको सुरुमै जल्पाइगुडीलगायतका क्षेत्र भगवान शिवको आर्शीवाद पाएको भूभाग भएको बताए । उनी त्यतिमै सीमित भएनन् । त्यहाँको जनजातिको संस्कृतिको प्रचार गर्ने पञ्चानन वर्माको कर्मस्थल रहेको बताए ।

मोदीले आफ्नो सम्बोधनमा आदिकवि भानुभक्तलाई पनि सम्झिन भ्याए । उनले भने, ‘यो धरती नेपाली भाषाका आदिकवि आचार्यको पनि कर्मभूमि हो । जसले रामायणलाई संस्कृतबाट नेपाली भाषामा अनुवाद गरे ।’

योसँगै यो हप्तामै पश्चिम बंगालमा तीनवटा आमसभालाई मोदीले सम्बोधन गरेका छन् । प्रधानमन्त्री मोदीले मुख्यमन्त्री ममता बनर्जीको सरकारले पश्चिम बंगालका नागरिकलाई दुःखी बनाएको आरोप लगाए । पश्चिम बंगाल सरकारले प्रधानमन्त्रीको सम्बोधनलाई ठाउँ नदिएपछि भाडामा मैदान लिएर आमसभा गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

केही दिनदेखि केन्द्र सरकारको हस्तक्षेपको विरोधमा धर्नामा बसेकी मुख्यमन्त्री ममता बनर्जीलाई व्यङ्ग्य गर्दै मोदीले भने, ‘देशको अर्थतन्त्र लुट्नेहरुको समर्थनमा धर्नामा बसेकी छिन् ।

यसैबीच भारतको आसाम राज्यस्थित गुवाहाटीमा आयोजित एक कार्यक्रममा हवाई र सडक सञ्जाल प्रभावकारी बनाउन सुझाव दिइएको छ । पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्यले यही माघ २४ देखि उत्तरपूर्वी भारतका विभिन्न स्थानमा आयोजित कार्यक्रमअन्तर्गत शुक्रबार साँझ गुवाहाटीमा भारतीयले उक्त सुझाव दिँदै यी कुरा प्रभावकारी बनाए आफूहरू पर्यटक पठाउन तयार रहेको बताए ।

टूर अपरेटर एशोसिएसन अफ अछामका सचिव कुलदीप शर्माले सीमा जोडिएको छिमेकी राष्ट्र नेपालको विद्यमान हवाई एवं सडक यातायत सेवा सहज नभएको टिप्पणी गरे ।

हवाई सेवा र सडक यातायात सेवालाई प्रभावकारी बन्न सके उत्तरपूर्वी भारतका पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको उनले बताए । धर्म संस्कृति एवं भूगोल आदिका कारण स्वभाविक रुपमै नेपाल भारतीय नागरिकको रोजाइमा पर्ने उनको भनाइ छ । गुवाहाटीका पर्यटन व्यवसायी सञ्जीव क्षेत्रीले सीमा नाकास्थित नेपालको चन्द्रगढी विमानस्थलबाट पोखरालाई सिधैँ हवाई सम्पर्क गनुपर्ने बताए ।

सिमानाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल पुग्ने बाटो वर्षात्मा हिलो र हिउँदमा धुलो हुने गरेको बताउँदै उनले सडक तथा हवाई सञ्जालजस्ता आधारभूत कुरालाई तत्काल व्यवस्थित बनाउन सुझाव दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले नेपाल भारतीय पर्यटकका लागि उपयुक्त गन्तव्य भएको बताउँदै नेपालको भ्रमण गरिदिन आग्रह गरे । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले भारतीय पर्यटन हवाई मार्गका साथै स्थलमार्ग हुँदै वर्षेनी ठूलो सङ्ख्यामा नेपाल जाने गरेको बताए ।

पर्यटक आगमनका दृष्टिले नेपालका लागि उत्तरपूर्वी भारत महत्वपूर्ण स्थल भएको चर्चा गर्दै उनले पछिल्ला वर्ष यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित आफूहरू आउने गरेको धारणा राखे । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाई मार्ग हुँदै आएका छन् ।

सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाईमार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडकमार्गबाट आएका छन् । कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देल, पोखरा पर्यटन परिषद्का कोषाध्यक्ष तारानाथ पहारीलगायतले नेपालको पर्यटनका लागि भारत महत्वपूर्ण स्थल भएको चर्चा गर्दै हवाई एवं सडक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेजस्ता सुझावलाई कार्यान्वयनमा लैजानुपर्ने बताए ।

Loading...