६ महिनापछि प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाएर किन राख्यो गोप्य

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न सफल भएको दाबी नेपाल प्रहरीले गरेको छ ।

निर्मला हत्याको ६ महिनापछि प्रहरी हत्यारा पत्ता लगाउन सफल भएको हो । प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार एक/दुई दिनभित्रै हत्यारा सार्वजनिक गर्ने तयारी भएको छ । निर्मलाका हत्यारा पत्ता लगाउन र पीडित परिवारलाई न्याय दिन नसकेको भन्दै प्रहरीको चर्को आलोचना भइरहेको छ । सो प्रकरणलाई सरकारको असफलतासँग जोडेर प्रतिपक्षीसहितले आवाज उठाउँदै आएका छन् ।

सरकारले भने ९५ प्रतिशत अपराधका घटनामा नेपाल प्रहरीलाई सफलता मिलेको दाबी गर्दै निर्मला प्रकरणमा गम्भीर छानबिन भइरहेको बताउँदै आएको छ । केही दिनअघि प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याका दोषी ‘सिंहदरबार र बालुवाटारमा भए पनि कारबाही गरेरै छाड्ने’ बताएका थिए ।

निर्मलाका हत्यारा पत्ता लागे पनि उसको परिचय गोप्य राखिएको छ । यसअघि दिलीपसिंह विष्टसहित प्रहरीले घटनामा संलग्न भनी सार्वजनिक गरिएकाहरु डिएनए परीक्षण नमिलेपछि छुट्दै आएका छन् । यसपटक पनि त्यस्तै नहोस् भन्नका लागि सजगता अपनाउँदै दोषी सार्वजनिक गर्न हतार नगरिएको दाबी प्रहरी स्रोतको छ ।

यसपटक भने डिएनए परीक्षण समेत मिलेको स्रोतले बतायो । हत्यारा निर्मलाकै घर आसपासका व्यक्ति भएको र उसले पटकपटक बलात्कार घटना घटाएको बताइएको छ । यद्यपि पहुँचवाला भएका कारण अहिलेसम्म कानूनी कारबाहीको दायरामा ल्याउन नसकिएको दाबी प्रहरीको छ । निर्मलाको गत १० साउनमा बलात्कारपछि हत्या भएको थियो ।

शुक्रबार मात्रै चितवनको रत्ननगर नगरपालिकामा शुक्रबार राति एक बालिकाको विभत्स तरिकाले बलात्कृत भएकी छन् । सोही ठाउँकी १२ वर्षिया बालिकाको २ युवकले बलात्कार गरेको प्रहरीका डिएसपी दयानिधि ज्ञवालीले जानकारी दिए ।

१३ वर्षीय बालिकालाई बिभत्स तरिकाले बलात्कार गर्ने दुई युवालाई रत्ननगर प्रहरीले साढे १ घण्टामै पक्राउ गर्न सफल भएको छ । बालिक बलात्कार गर्नेमा बारा जिल्ला घर भै चितवनमा लेबर काम गर्दै आएका अजय कुमार र गंगा चौधरी रहेका छन् । उनीहरुले बालिकालाई ललाइफकाइ बलात्कार गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका टाडीका प्रमखु प्रहरी नायब उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।

अस्मिता (नाम परिर्वन) लाई मदिरा सेवन गरेका दुई युवाले बलात्कार गरेको डिएसपी ज्ञवालीले जानकारी दिए । ती दुई युवाले बालिकालाई पालैपालो विभत्स रुपमा बलत्कार गरे भागेका थिए । बलात्कारको सूचना पाएपछि डिएसपी निधिले तत्काल बछौली प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विश्व सुवेदी र इलाका प्रहरी कार्यालय टाँडीका नायब निरीक्षक प्रकाश सिंखडाको टोली परिचालन गरेर शुक्रबार राति नै युवाहरुलाई पक्राउ गरेको डिएसपी ज्ञवालीले बताए ।

“हामी महिला हिसां अन्त्यका लागि सधै कटिबद्ध छौँ”, उनले भने, “पीडितबाट घटनाभएको खबर पाएपछि तत्कालै विशेष टोली बनाएर अभियुक्तलाइ पक्राउ गर्न सफल भएका हौँ ।” घटना अपरान्ह चार बजे भएको थियो । पीडितकी आमाले प्रहरीलाई जानकारी गराएको साढे एक घण्टाभित्र बलात्कारमा संलग्नहरुलाई पक्राउ गरिएको ज्ञवालीले बताए ।

पीडितकी आमाका अनुसार एउटैघरमा भाडामा बस्दै आएका ती व्यक्तिहरुले यसरी बिभत्स तरिकाले छोरीलाई बलात्कार गरेको भन्दै आक्रोशित बनेकी छिन् । उनले दोषीहरुलाई हदैसम्मको कारबाहीको माग गरिन् । रत्ननगर टाँडी प्रहरीले पछिल्लो पटक हिँसा र अपराधक घटनाहरुलाई नियन्त्रण गर्ने अभियान चलाएको छ । तैपनि यस्ताखालका घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्ने गरिएको छ ।

डिएसपी ज्ञवालीका अनुसार यो वर्षभित्र यस्ता बलात्कारका घटना संलग्न सातजनालाई कारबाही गरिएको छ ।

Loading...