चीन र अमेरिकाबीच पहिलेभन्दा अझ सशक्त सहकार्यको अपेक्षाः चिनियाँ राजदुत

एजेन्सी । संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुई चिनकाइले विश्वले चीन र अमेरिकाबीच यस अगाडिभन्दा अझ सशक्त सहकार्यको अपेक्षा गरेको बुधबार बताएका छन् ।

चीन–अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४० औँ वर्षको उपलक्ष्य र चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिएको एक समारोहमा कुईले विश्वमा अथाह परिवर्तन भइरहेको र विश्वव्यापी धारणा चीन र अमेरिकाबीच सहकार्य होस् भन्ने रहेको बताए ।

उनले भने, “पहिलेभन्दा अझ बढी विश्वव्यापी परिवर्तनहरू आइरहेका छन् । विश्वले चीन र अमेरिकाबीचको सहकार्य चाहेका छन् ।”

कुईले भने, “हाम्रा जनताले वासिङ्टन र बेइजिङबीचको सहकार्य चाहेका छन् । हाम्रा साझा चासोका विषय बढ्दैछन् । हामीले सहकार्यलाई विगत चार दशकका उपलब्धिका आधारमा विस्तार तथा मजबुत पार्न जरूरी छ ।”

चालिस वर्ष पुरानो चीन–अमेरिका कूटनीतिक सम्बन्धले दुई देशलाई विश्वव्यापी आर्थिक सङ्कट र कोरियाली प्रायद्विपको राजनीतिक समाधानजस्ता क्षेत्रीय तथा विश्वव्यापी विषयमा निकट बनाएका उनको भनाइ थियो ।

समारोहमा अमेरिकी वाणिज्य मन्त्री विल्बर रोस, एशिया मामिला हेर्ने अमेरिकी सुरक्षा परिषद्का विशिष्ठ निर्देशक मट पोटिङ्गर तथा अमेरिकी कङ्ग्रेसका कैयौँ सदस्य तथा करिब ७५० अतिथिको सहभाअगिता रहेको थियो ।

जनगणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाबीच औपचारिक सम्बन्ध १९७९ को जनवरी १ मा स्थापित भएको थियो । विगत चार दशकमा विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको सम्बन्धमा धेरैले अनुमान गर्नेभन्दा आश्चर्यजनक रहने गरेको छ ।

दुई देशको व्यापार सन् १९७० को दशकको अन्त्यतिर वार्षिक करिब २.५ अर्ब अमेरिकी डलर रहेकोमा सन् २०१७ सम्म आइपुग्दा वार्षिक पाँच खर्ब ८० अर्ब अमेरिकी डलर पुगेको छ । त्यसैगरी दुईतर्फी लगानी व्यवहारिक रूपमा शून्यबाट दुई खर्ब ३० अर्ब अमेरिकी डलर पुगेको छ ।

Loading...