विदेश नीति कमजोर बनेको भन्दै सांसदहरुले गरे सरकारको आलोचना

काठमाडौं, २४ माघ । नेपालको विदेश नीति कमजोर बन्दै गएको भन्दै सासदहरुले सरकारको आलोचना गरेका छन् । संघीय संसद अन्तर्गतका समितिमा सा)सदहरुले सरकारको कडा आलोचना गरेका हुन् ।

संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको बिहीबारको बैठकमा बोल्दै पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरे ।

समितिका सदस्य पाण्डेले समृद्धिको रटानलाई आधार मानेर राजदुत नियुक्तिको कामलाई अघि बढाइएको भन्दै आपत्ति पनि जनाए । सरकारले समृद्धि भन्ने तर समृद्धिको भिजन नभएकाहरुलाई राजदुत नियुक्त गर्ने गरेको उनको आरोप लगाए ।

त्यसैगरी सुनुवाई समितिकै सदस्य पुष्पा भुसालले मुलुकको विदेश नीति सुधार गर्नुभन्दा झनझन कमजोर बन्दै गएको भन्दै सरकारको आलोचना गरिन । उनले मुलुकको समृद्धिका लागि आवश्यक योगदान दिन सक्ने क्षमता भएकाहरुलाई राजदुत बनाउन नसक्दा मुलुकको विदेश नीति प्रभावकारी ढंगले अघि बढाउन नसकिएकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन्।

Loading...