अरनिको समाजको योजनामा चिनियाँ नववर्ष शुभकामना कार्यक्रम

      

चिनियाँ नववर्ष २०१९ वसन्तोत्सवको अवसरमा अरनिको समाजले शुभकामना कार्यक्रमको आयोजना गरेको छ । आइतबार आयोजित कार्येक्रममा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपाल र चीनबिच सदिऔदेखि प्रगाढ सम्बन्ध रहेको बताउँदै भृकुटी र अरनीको नेपाल चीन सम्बन्धका सेतु भएको बताए ।
मन्त्री यादवले सन १९५५ देखि नेपाल चीन बिच दौत्य सम्बन्ध स्थापित भएको स्मरण गर्दै नेपालको आर्थिक, भौतिक पूर्वाधार शिक्षा, स्वास्थ्य, जलविद्युत, काठमाडौको चक्रपथ लगायतका क्षेत्रमा चीनले महत्वपूर्ण भूमिका खेलेको बताउदै २०७२ सालको महाभूकम्पमा चीन सरकारले उपलब्ध गराएको सहयोगको उच्च प्रशंसा गर्दै नेपालको शैक्षिक, भौतिक पूर्वाधार निर्माणजस्ता क्षेत्रमा चीनले दिँदै आएको सहयोगको लागि धन्यवाद ज्ञापन गरे। कार्येक्रममा नेपालका लागि चिनिया राजदूत हौ यान्छी, विभिन्न राजनीतिक दलका नेताहरु, ललितपुर ,किर्तिपुर ,मध्यपुर थिमी र भक्तपुरका मेयेर उपमेयेर, केन्द्रीय तथा प्रान्तीय संसदका सांसदहरु , नेपाल चीन मैत्री संस्थाका पदाधिकारीहरु, चिनिया राजदूतावासका पदाधिकारीहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, विभिन्न पेशागत संस्था तथा नेपालमा कार्यरत चिनियाहरु तथा सर्वसाधारणको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
 राजदूत यान्छीले नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मित्रराष्ट«को रुपमा चीन रहेको बताउँदै दुई देशबिच बिआरआई कार्यक्रम अन्र्तगत विभिन्न काम अघि बढिरहेको जानकारी दिइन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, अन्य मन्त्रीहरुको चीन भ्रमणबाट दुई देशका विचमा घनिष्ट सम्बन्ध बलियो हुँदै गएको बताउँदै अरनीकोले दुई देश बीचमा सम्बन्ध अघि बढाउन सुरु गरेको स्मरण गरिन् ।

यस्तै राजदूत यान्छीले अरनीको समाजले धेरै बर्ष अघिदेखि स्वास्थ्य, शिक्षा, चिकित्सा लगायतका क्षेत्रमा काम गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

Loading...