माउन्ट रोयल एजुकेसनको सुर्खेत शाखा उद्घाटन

काठमाडौं । माउन्ट रोयल एजुकेसनले सुर्खेतको बिरेन्द्रनगरमा आफ्नो शाखा बिस्तार गरेको छ । मंगलबार एक कार्यक्रमका बिच कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले एजुकेसनको शाखा उद्घाटन गरेका हुन् ।

जापानको टोकियोस्थित इकेबुकुरोमा प्रमुख कार्यालय र नेपालमा काठमाण्डौको पुतलिसडकमा केन्द्रिय कार्यालय रहेको एजुकेसनले प्रदेश शाखा बिस्तार गर्ने क्रममा सुर्खेतमा शाखा स्थापना गरेको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मन्त्री रावलले देश समृद्धिको बाटोमा अघि बढिरहेको भन्दै युवाहरूलाई विदेश नजान र जानैपरे आवश्यक ज्ञान-सीप सिकेर जान सुझाव दिए । उनले नेपाली यूवाहरुलाई भाषामा सक्षम बनाएर मात्रै जापान पठाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य ठम्मर बिष्टले नेपालमा कलकारखाना, उद्योग धन्दाहरुको प्रयाप्त विकास नहुँदासम्म रोजगारका लागि बिदेश जाने यूवाहरु दक्ष भएर जानुपर्ने धारणा राखे । साथै रास्ट्र निर्माणमा सहभागी हुन पैसा र सीप सहित स्वदेश फर्किनुपर्ने उनको सुझाब थियो ।

रोयल जापानीज ल्याङ्गवेज कलेजका प्रिन्सिपल हिरानाथ महर्जनले आफुहरुले जापानीज भाषा मात्र नभई त्यहाँको संस्कृति पनि सिकाउने गरेको र त्यसले विद्यार्थीको जापान बसाइमा सहयोग पुर्याउने दावी गरे ।

त्यसैगरी रोयल एजुकेसनका म्यानेजिङ्ग डाइरेक्टर मेघराज शाहीले नेपाली युवालाई वैदेशिक रोजगारीको लागि जापान सुरक्षीत र बिस्वस्निय गन्तव्य हुनसक्ने संभावना औल्याए । संघीय राजधानी काठमाण्डौबाट बिगत पाँच बर्षदेखि सेवा दिइरहेको जानकारी गराउदै उनले सो सेवा अब कर्णाली प्रदेशबाट पनि उपलब्ध गराइने बताए । जापनिज भाषा पढ्नका लागि मात्रै काठमाडौ पुग्नुपर्ने बाध्यता र असहजतालाई ध्यान दिदै युवा विद्यार्थीको सहजताका लागि सुर्खेतमा शाखा बिस्तार गरिएको शाहीको भनाइ थियो ।

Loading...